​सिरानीको स्वाद

हल्याण्डनिवासी घाँटी विशेषज्ञ थिज्स भान डेर हिल्स्टले १५ वर्ष लगाएर गरेको मिहिनेतको नतिजास्वरूप यस्तो तकिया तयार भयो, जसको मूल्य ५७ हजार डलर प¥यो । संसारकै महँगो तकिया बनेको उक्त सिरानी किम्बु सिल्क, मिश्रको कपास, विषाक्तरहित डच फोम, २४ क्यारेटको सुन मिसाइएको कपडाबाट बनाइएको छ । त्यसमा जुन जिपर (फस्नर) लगाइएको छ, त्यसमा चारवटा हीरा र २२.५ क्यारेटको नीलमणि जडित छ ।

शरीरको आकार, सुत्ने स्वभाव, काँधको उचाइ र गर्धनको लम्बाईअनुरूप तलमाथि गर्न मिल्नेगरी बनाइएकाले उक्त तकिया जस्तोसुकै गर्धन दुखेका र घुर्ने स्वभावका लागि उपयुक्त हुने दाबी उनको छ । 

टिप्पणीहरू