२४ घण्टामा २४ कै मृत्यु, १ हजार बढीमा संक्रमण

२४ घण्टामा २४ कै मृत्यु, १ हजार बढीमा संक्रमण

कोरोना संक्रमणबाट गत २४ घण्टामा मुलुकभर २४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो।

सोही अवधिमा १ हजार ९२० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ४४३ जनामा पीसीआर तथा ३ हजार ७३ जनामा एन्टिजेन गरी १२ हजार ५१६ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टाको अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू