​​युवती नहुनाले…

रुसमा आयोजित भित्री वस्त्र लगाएर गरिने महिला फोटो प्रतियोगिता आन्द्रेइ नागोर्नी नाउँ गरेको पुरुषले जितेका छन् । २० वर्षीय आन्द्रेइ सखालिन प्रदेशका हुन् । रुसकै ठूलो लुगा कम्पनीले फोटो प्रतियोगिताको आयोजना गर्दै गरेको समाचार सुनेपछि ठट्टैठट्टामा आन्द्रेइले भाग लिने निर्णय गरे । आफ्नी प्रेमिकाको मिस्त्री वस्त्र लगाए । प्रेमिकाले युवतीजस्तो देखिने गरी कपाल बनाइदिइन् । शृंगार गरिदिइन् ।

र, अनलाइनमार्फत फोटो पठाए । अन्त्यमा प्रतियोगिता उनैले जिते । तर, पुरस्कार दिन बोलाउँदा आन्द्रेइ महिला होइन पुरुष भन्ने थाहा पाएपछि आयोजकले पुरस्कार उनको स्थानमा दोस्रो भएकी झियन्ना स्टोल्पोभ्स्कायालाई दियो । आन्द्रेई आयोजकले लिंगभेद गरेको भन्दै अदालत पुगेका छन् ।

टिप्पणीहरू