विश्वविद्यालयमा युवक झुण्डिए

विश्वविद्यालयमा युवक झुण्डिए

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको हातामा एक जना युवक झुण्डिएका छन् । हिजो राति विश्वविद्यालय छात्राबासबाट नजिकै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयसँगैकाे मसलाको रुखमा झुण्डिएको अवस्थामा युवक फेला परेका हुन् ।

२५ वर्षका सुदन राई पासो लगाई झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले राति नै मुचुल्का गरि शव परीक्षणको लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज लगेको बताइएको छ ।

टिप्पणीहरू