पानी र सडक

आजभोलि काठमाडौंका चारैतिर धुलैधुलो मात्र छ । कारण के त भने मेलम्चीको पाइप । मेलम्चीको पाइप बिछ्याउन बाटो खनियो । खनेको बाटोबाट धुलो निस्कियो । धुलो पनि यस्तो कि हटाउनै नसकिने । यही अवस्थामा हालै एउटा समाचार आएको छ कि काठमाडौं महानगरपालिकाले धुलो हटाउन रातिराति ट्यांकर ल्याएर सडक सफा गर्दैछ रे !

सायद हो पनि होला । राति गरिएको काम, हामीलाई त थाहा छैन । सायद गर्दो पनि होला । यो सडक सफा गर्ने कामको नामबाट याद आयो । धेरै वर्षपहिले नेपालमा कृष्णप्रसाद भट्टराई भन्ने एक सन्त प्रधानमन्त्री हुनुहुन्थ्यो । बहुत ठट्टा गर्नुहुन्थ्यो । एकपटक ठट्टैठट्टामा उहाँले फ्याट्ट भन्नुभएको थियो– हेर्नोस्, मेलम्चीको पानी  त आउन दिनोस्, यो काठमाडौंको सडकलाई पानीले धोइदिन्छौं । 

यति भनेर उहाँ गइहाल्नुभयो, बैकुण्ठवास । तर उहाँले भन्नुभएको कुरा पूरा नभए आधी त सत्य सावित भएको छ । काठमाडौंको सडक मेलम्चीको पानीले धुन नपाए पनि मेलम्चीको कारणले त धुन पाइरहेको छ नि ! कसो ?

टिप्पणीहरू