​मिल्ने बेला कत्रो मारमुङ्ग्री

मुखमा चुनाव छ । भोलिको पार्टी र देश जिम्मा लिनेहरू अझै घम्साघम्सीमै छन् । एमाले अखिलमा यस्तो दृश्य देखियो कि, कार्यकर्ताबाटै नेता चुटिनुपर्ने ! आइतबार एकाबिहानै रत्नराज्य (मानविकी) क्याम्पसमा अखिलका बलियाले हो, यसरी उपद्रो मच्चाए ।

सामान्य विषयमा भनाभन चल्दा अखिल क्याम्पस कमिटीका कोषाध्यक्षले आफ्नै नेतामाथि चेनले प्रहार गरेर उनको टाउको रक्तधारा बग्ने अवस्थामा पु¥याइदिएका हुन् । 

बिहान १० बजे कलेजको मूलद्वारमै पटक पटक टाउकामा चेनले बर्साएपछि बेहोस भए त्यहाँका स्ववियु सचिव । उनलाई तत्कालै झ्याइँकुटी पारेर अस्पताल पु¥याइयो । यसरी आफ्नै संगठनका नेतामाथि चेनले बर्साउने व्यक्ति हुन् डिबी आले र कार्यकर्ताबाट कुटिने नेता हुन् हालै सचिवमा निर्वाचित भएका नारायण शर्मा । काभ्रे घर भएका ब्ल्याक बेल्टवाला डिबीको कुटाइबाट घाइते भएका अखिल नेता शर्माको टाउकोमा रगत जमेको छ ।

उनीमाथि हतियार प्रयोग गरी सांघातिक हमला गरेको अभियोगमा उनलाई अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले संगठनको साधारण सदस्यसमेत नरहने गरी उनलाई संगठनबाट निष्कासन गरेको छ । उनीसँगै मतियारका रूपमा संगठनका सचिव माथि सांघातिक हमलामा उत्रिएका अर्काे कमिटी सदस्य दिनेश बजगाईंलाई समेत संगठनले कारबाही गरेको छ । 

टिप्पणीहरू