कोरोनाको हमला,जनै र क्वाटीको व्यापार छैन

कोरोनाको हमला,जनै र क्वाटीको व्यापार छैन

जनैपूर्णिमाको दिन खाइने क्वाटीको व्यापार ह्वात्तै घटेको छ । काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताए ।

यो वर्ष क्वाटीको व्यापार अघिल्लो वर्षभन्दा निकै न्यून रहेको असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले जानकारी दिए । ‘क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर पनि यो वर्ष व्यापार निकै कम भएको छ’ तुलाधरको गुनासो छ ।

असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दुर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको बताए । कोहीकोही बूढापाका र धार्मिकताप्रति विश्वास राख्नेले मात्र जनै खरिद गर्ने गरेको उनको भनाइ छ । जसका कारण व्यापार स्वाट्टै घटेको न्यौपाने बताउँछन् ।

जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण चाड हो । यो चाडमा क्वाटी खाने चलन पराम्परादेखि चलि आएको छ । क्वाटी तागत दिने गेडागुडीको मिश्रण हो । तर कोरोनालगायतको प्रभावका कारण केही वर्षयता जनै र क्वाटीको व्यापार भने कम हुँदै गएको व्यवसायीहरुको भनाइ छ ।

टिप्पणीहरू