केपीले बेठीक गरेकाले हामी ठीक भन्ने हो र कमरेड !

केपीले बेठीक गरेकाले हामी ठीक भन्ने हो र कमरेड !

नेकपा एमालेको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका माधवकुमार नेपालको पछिल्लो विद्रोहले नेपालको वामपन्थी आन्दोलनमा तरंग पैदा गरेको छ । कठिन अवस्थामा पार्टी निर्माण र करिब १५ वर्ष त्यसलाई नेतृत्व गरेर आजको लोकप्रिय एमाले बनाउन अग्रणी भूमिका निर्वाह गर्नुभएका नेता नेपालको बिद्रोहले कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा पार्ने प्रभाव र उहाँ स्वयंको राजनीतिक भविष्यलाई लिएर बहस पनि शुरु भएको छ ।

जनतामा स्थापित भैसकेको बलियो पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउने अभियान थाल्नु आफैंमा चुनौतिपूर्ण निर्णय हो । धेरैले माधव नेपालको कदमलाई आत्मघाती भनेका छन् । ०५४ सालको विभाजनलाई देखाएर नयाँ पार्टी राष्ट्रिय राजनीतिमा स्थापित हुनै नसक्ने भविष्यवाणी गर्नेहरु पनि धेरै छन् । नाम चलेका र यसअघि माधव नेपाललाई साथ दिएका नेताहरु नयाँ पार्टीमा नलाग्नुको कारण पनि त्यहि हो भनिन्छ । तर,युवा पुस्ताको दरिलो आड भरोसामा माधव नेपाल-झलनाथ खनाल समूहले नेकपा (एकीकृत समाजवादी) नामको पार्टी दर्ताका लागि प्रक्रिया शुरु गरिसकेको छ ।

‘केपी ओलीले स्पेश नदिएकै कारण नयाँ दल खोल्न बाध्य भयौँ भनेर चैं जनतामा स्थापित हुन कठिन होला । तर,जनताका प्रत्यक्ष सरोकारका मुध्दामा पार्टी र नेतृत्व जोडिन सक्ने हो भने जनताले सधैँ ब्रान्ड मात्र हेरेर बस्छ भन्ने लाग्दैन ।’

वाम विश्लेषकहरुले भने नयाँ पार्टीको भविष्यलाई लिएर अहिले नै टिप्पणी गर्नु हतारो हुने बताएका छन् । पार्टीले लिने नीति,कार्यक्रम र उसले अघि सार्ने राष्ट्रिय एजेण्डालाई हेरेर मात्र आगामी दिनबारे टिप्पणी गर्न सकिने उनीहरुको भनाइ छ । एक वाम विश्लेषकले भने, ‘केपी ओलीले स्पेश नदिएकै कारण नयाँ दल खोल्न बाध्य भयौँ भनेर चैं जनतामा स्थापित हुन कठिन होला । तर,जनताका प्रत्यक्ष सरोकारका मुध्दामा पार्टी र नेतृत्व जोडिन सक्ने हो भने जनताले सधैँ ब्रान्ड मात्र हेरेर बस्छ भन्ने लाग्दैन ।’

उनले नयाँ पार्टीलाई अवसर र चुनौती दुवै बढी हुने पनि दाबी गरे । ‘हरेक पार्टीलाई अवसर र चुनौती हुन्छ,अझ नयाँको हकमा त झन् धेरै हुने नै भयो’,उनले भने ‘हामीलाई केपी ओलीले सडकमा पुर्याएकै कारण अर्को पार्टी बनाएको भनेर चैं जनतामा स्थापित हुन सकिंदैन । जनताले बुझ्ने गरी राजनीतिक एजेण्डा लैजानसके सम्भावना छ ।’

‘नेतृत्व स्वीकार गर्ने खालकै छ । अरु पार्टीले पनि उहाँहरुलाई स्वीकार गरेकै देखिन्छ । तर, मूल कुरा चैं राजनीतिक एजेण्डा नै हो’ ।

पार्टी नयाँ भएपनि राष्ट्रिय राजनीतिमा स्थापित नेताको ठूलै पंक्ति रहेकाले जनतामा पुग्न अप्ठेरो नहुने उनको विश्लेषण छ । झलनाथ खनाल,माधव नेपाल जस्ता नेपाली राजनीतिमा स्थापित नामको सही प्रयोग हुनसके पार्टी पनि स्थापित हुने उनको विश्वास छ । लामो समय एमालेको नेतृत्वमा रहेका व्यक्तिहरु त्यहाँ भएकाले पनि नयाँ दल स्थापित गर्न तुलनात्मक रुपमा सहज हुने उनको बुझाइ छ । ‘नेतृत्व स्वीकार गर्ने खालकै छ । अरु पार्टीले पनि उहाँहरुलाई स्वीकार गरेकै देखिन्छ । तर, मूल कुरा चैं राजनीतिक एजेण्डा नै हो’, उनले भने ।

माधव नेपालले आफ्नो समूहको बैठकहरुमा केपी ओलीले अपमान गरेकाले विद्रोह गर्नुपरेको बताउँदै आउनुभएको छ । खासगरी ओलीका कार्यशैलीप्रति उहाँको अलि धेरै बिमती रहेको उहाँका अभिव्यक्तिहरुमा देखिने गरेका छन् । कार्यकर्तालाई संगठित गर्न र पार्टीमा एउटा पोजिसन बनाउन त्यो पर्याप्त भए पनि जनतासम्म जाँदा त्यतिले मात्र नपुग्ने एकीकृत समाजवादीकै नेता स्वीकार गर्छन् ।

“हामी ओलीसँग राजनीतिक मुध्दामा नै फरक भैसकेको विश्लेषणमा थियौँ । उहाँहरु चैं २०७५ जेठ ०२ मा फर्किए सबै मिल्छ भनेर लाग्नुभएको थियो । हाम्रो दृष्टिकोण नमिलेको यहीं हो’

दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमको समीक्षा नगरी पार्टी एकताको प्रयास गरिनु नै गलत भएको उनले टिप्पणी गरे । ‘अहिले हाम्रो र तत्कालिन कार्यदलमा रहेका हाम्रो पक्षका नेताहरुवीचको बुझाइको फरक नै यहाँनेर हो । हामी ओलीसँग राजनीतिक मुध्दामा नै फरक भैसकेको विश्लेषणमा थियौँ । उहाँहरु चैं २०७५ जेठ ०२ मा फर्किए सबै मिल्छ भनेर लाग्नुभएको थियो । हाम्रो दृष्टिकोण नमिलेको यहीं हो’, उनले भने ।

केपी ओलीले सरकारमा हुँदा पार्टीको घोषणापत्रअनुसार नीति, कार्यक्रम र बजेट नल्याएको कुरालाई कार्यदलका नेताहरुले कहिले पनि छलफलको विषय नबनाएको भन्दै उनले यसले गहिरो राजनीतिक मुध्दा बोकेको दाबी गरे । त्यस्तै,पार्टीको नीति र निर्णय अस्वीकार गरेर एकलौटी गरेको, पार्टीको नीति सिद्धान्त नमानेको कुराहरुलाई छलफलमै नल्याई संगठनमात्र मिलाउने कुराप्रति असहमति भएकाले नै आफूहरुले बिद्रोह गरेको उनले बताए । यी सबै कुरा जनतासँग जोडिने भएकाले राजनीतिक एजेण्डाका रुपमा उठाउने उनको प्रष्टोक्ति छ ।

“पार्टीको नीति र निर्णय अस्वीकार गरेर एकलौटी गरेको, पार्टीको नीति सिद्धान्त नमानेको कुराहरुलाई छलफलमै नल्याई संगठनमात्र मिलाउने कुराप्रति असहमति भएकाले नै आफूहरुले बिद्रोह गरेको उनले बताए ।”

‘अहिले जो नेता एकता भनेर हिंड्नुभएको छ,हिजो केपी ओलीले प्रतिगमन गरे भनेर भाषण गर्ने उहाँहरु नै हो । केपी ओलीले मैले प्रतिगमन गरेर गल्ती गरेँ भनेर कतै भन्नुभा”को छ र ? हैन भने कसरी एकता सम्भव देख्नुभयो उहाँहरुले ? कि हिजो प्रतिगमन भन्नु हाम्रो गल्ति थियो भनेर भन्नुपर्यो । त्यसैले यो राजनीतिक कुरा नै हो । कुनै व्यक्तिगत लडाई झगडा होइन’,ती नेता भन्छन् ।

नयाँ दलले वैधानिकता पाउनेबित्तिक्कै यिनै राजनीतिक मुध्दा लिएर जनताका वीचमा जाने उनले प्रष्ट पारे । ‘हामीसंग इश्यु पर्याप्त छन् । राजनीतिक चेत भएको कमन पिपुललाई हामी हाम्रा राजनीतिक एजेण्डाले सम्बोधन गर्छौँ र जनतामा स्थापित बलियो पार्टी बनाउँछौँ’,उनले थपे ।

‘अहिले जो नेता एकता भनेर हिंड्नुभएको छ,हिजो केपी ओलीले प्रतिगमन गरे भनेर भाषण गर्ने उहाँहरु नै हो । केपी ओलीले मैले प्रतिगमन गरेर गल्ती गरेँ भनेर कतै भन्नुभा”को छ र ? हैन भने कसरी एकता सम्भव देख्नुभयो उहाँहरुले ? कि हिजो प्रतिगमन भन्नु हाम्रो गल्ति थियो भनेर भन्नुपर्यो ।”

सूचना र प्रविधिको विकासले अहिले समाज खुला छ । खुला समाजमा दलहरुलाई आफ्ना कुरा राख्न सहज अवस्था छ । अहिलेको समाजमा सही बिचार र जनताका एजेण्डा उठाउन सके पार्टी आफैँ स्थापित हुनसक्छ । हिजोको जस्तो घर घरमा गएर, भूमिगत बसेर आन्दोलन गर्नुपर्ने बाध्यता आज छैन । जनताको पक्षमा एजेण्डा उठाउने हो भने, त्यो आफैं प्रचारमा आउँछ अनि मिडिया,नागरिक समाज, बुध्दिजीवी लगायतले नै स्थापित गरिदिन्छन् ।

‘राजनीति गर्नेहरुले रुन्चे कुरा गरेर हुँदैन । हाकाहाकी यो-यो कुरामा हामी फरक छौँ भन्नुपर्छ । केपी ओलीले यो बेठीक गरेकाले हामीले नयाँ पार्टी गठन गरेका हौँ,र अब हामी यसो गर्छौँ भनेर प्रष्ट भन्नुपर्छ । नत्र पार्टी बन्दैन । बन्यो भने पनि जनपक्षीय बन्दैन’,उनको विश्लेषण छ ।

टिप्पणीहरू