काठमाडौंमा ५ सय २६ को ज्यान गयो, ७६ हजार बढी संक्रमित

काठमाडौंमा ५ सय २६ को ज्यान गयो, ७६ हजार बढी संक्रमित

कोरोना संक्रमणको कारण काठमाडौं महानगरभित्र ५ सय २६ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म ७६ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार हिजोसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ६२ जना रहेको छ । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ७१ हजार ६ सय ९७ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ३ हजार ८ सय ७० जना होम आइसोलेसनमा र ५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । विवरणअनुसार सबैभन्दा धेरै निधन १६ नम्बर वडामा भएको छ । हालसम्म उक्त वडामा ८० जनाले ज्यान गुमाएका छन् । सबैभन्दा थोरै २ जनाको निधन २८ नम्बर वडामा भएको छ । हालसम्म सबैभन्दा बढी संक्रमित वडा नम्बर ३२ मा भेटिएका छन् । जहाँ ७ हजार ६ सय ७२ जना पुगेका छन् । सबैभन्दा कम वडा नम्बर १८ मा २ सय ८७ जना मात्र रहेका छन् ।

टिप्पणीहरू