महन्थ-राजेन्द्रतिर को को लागे ? « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

महन्थ-राजेन्द्रतिर को को लागे ?

प्रकाशित मिति :  ५ भाद्र २०७८, शनिबार १६:००


तत्कालीन जसपा अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षले हालै दर्ता गरेको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सार्वजनिक गरिएको छ ।

समितिमा अध्यक्ष र दुई जना वरिष्ठ नेतासहित २८ जना सदस्य छन् । महन्थ ठाकुरलाई अध्यक्ष र महतो तथा शरतसिंह भण्डारीलाई वरिष्ठ नेताको पद दिइएको छ ।

कार्यकारिणी सदस्यहरुमा अनिलकुमार झा,सर्वेन्द्रनाथ शुक्ल,वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार,उमाकान्त झा,चन्दा चौधरी,लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशवकुमार झा, अकवाल अहमद शाह, निर्जला राउत र सुनिलकुमार झा रहेका छन् ।यसैगरी दानबहादुर विश्वकर्मा, शेखरकुमार सिंह, विमलप्रसाद श्रीवास्तव,उमाशंकर अरगरिया, एकवाल मियाँ,चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग खत्वे, कुलदेवी विश्वकर्मा, रेशमलाल चौधरी, सुरिताकुमारी साह, नीलम वर्मा, पुष्पा ठाकुर, कमलाकुमारी गुरुङ, नीलमकुमारी यादव, प्रेमा चौधरी र रुकमिनीकुमारी देवी मण्डललाई पनि नयाँ पार्टीको कार्यकारिणी सदस्यमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !