​मान्यमाथि नै यत्रो मनपरी ?

गर्नुपर्ने काम छाडेर अरू नै धन्दामा लाग्दा कमरेडहरूको रुवाबासी छ अचेल । दश लाख रुपैयाँ ठगीमा परेपछि पूर्वसांसद मीना शाही आफ्नो पैसा उठाइदिनुप¥यो भन्दै नेतादेखि प्रहरीसम्म गुहार्दै हिँड्न थालेकी छन् । कीर्तिपुरको चाल्नाखेलस्थित ५ आना १ पैसा ३ दामको जग्गा देखाएर १० लाख रुपैयाँ आफूलाई जग्गा दलालीले ठगेको भन्दै शाहीले सो पैसा उठाइदिन हारगुहार गर्न थालेकी छन् । 

यसरी पूर्वसांसदलाई जग्गा दलाली जिवासी राई र रिया श्रेष्ठको मुर्गा बनेकी हुन् । उनलाई उर्मिला श्रेष्ठलाई जग्गाधनीका रूपमा देखाएर १० लाख ठगेको भन्दै सो पैसा उठाउन प्रहरीदेखि नेता गुहार्न थालेकी छन् । जनआस्थासँग प्रकट भएकी शाहीले पीडा पोख्दै भनिन्, ‘देशमा गरिबका लागि कानुन रहेनछ, पार्टीको आडमा दलाली बढेको छ, पक्राउ पर्दै दलाल छुट्दै गरेका छन्, दोषीलाई कारबाही हुनुपर्छ, कानुनी रूपमा मैले कदम चालेकी छु ।’ 
उनलाई रिया श्रेष्ठले आफूलाई दिदी बनाएर प्रलोभनमा पारी ठगी गरेको आरोप छ । शाही एमाले (०६४) समानुपातिक तर्फकी पूर्वसांसदसमेत हुन् । 

टिप्पणीहरू