भोलि चौथो संस्कृत दिवस, धुमधामका साथ मनाउने तयारी

भोलि चौथो संस्कृत दिवस, धुमधामका साथ मनाउने तयारी

भोलि श्रावण शुल्क पूर्णिमा (ऋषितर्पणी) का दिन चौथो विश्व संस्कृत दिवस मनाइने भएको छ । राजधानीमा विविध कार्यक्रम आयोजना गरी मनाइने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रम कगेश्वरी मनोहरा नगरपालिका ८, स्थित नवातनधाममा हुने छ । कार्यक्रम भोलि बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म हुने आयोजक श्रीकृष्ण प्रणामी सेवा समितिले बताएको छ ।

२०७५ सालदेखि जरो किलो प्रतिष्ठान नेपाललगायत विभिन्न विश्वविद्यालय, जयतु संस्कृतम् लगायतका संस्थाको संयुक्त आयोजनामा यो दिवस मनाउन थालिएको हो ।

टिप्पणीहरू