नेपाल आइडलमा अब नयाँ जज

नेपाल आइडलमा अब नयाँ जज

चर्चित टेलिभिजन रियालिटी शो “नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।

नयाँ निर्णायकमा रुपमा संगीतकार तथा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तानलाई नियुक्त गरिएको छ ।

नेपाल आइडलमा निर्णायकको रुपमा प्रस्तुत हुने सपना पूरा भएको भन्दै संगीतकार बाँस्कोटाले खुशी प्रकट गरे । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । सीजन ३ का निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नयाँ निर्णायक टीम चयन गरेको हो ।

टिप्पणीहरू