सबै फेल भएपछि अर्को परीक्षाको माग

सबै फेल भएपछि अर्को परीक्षाको माग

चिकित्सा शिक्षा आयोगले लिने प्यारामेडिकल बिषयको प्रवेश परीक्षामा कोटाभन्दा कम संख्यामा परीक्षार्थी उत्तिर्ण भएपछि पुन: परीक्षाको माग राख्दै आन्दोलन शुरु भएको छ । चिकित्सा शिक्षा आयोगद्वारा पहिलो पटक लिइएको परीक्षामा तोकिएको भन्दा कम संख्यामा परीक्षार्थी उत्तिर्ण भएकाले पुन: परीक्षाको माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले आन्दोलन थालेको हो ।

पुन: परीक्षाको माग गर्दै नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले आज सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगमा धर्नासहित ज्ञापनपत्र बुझाएको छ । आयोगका उपाध्यक्ष प्राध्यापक डा. श्रीकृष्ण गिरीलाई बुझाइएको ज्ञापनपत्रमा प्रवेश परीक्षामा कोटा संख्या भन्दा कम उत्तिर्ण हुँदा दक्ष जनशक्ति उत्पादनमा गम्भिर असर पर्ने भएकाले तत्काल अर्को परीक्षाको व्यवस्था गर्न माग गरिएको छ ।

नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिका भुपेन्द्र शाही,मिलन ढकाललगायतको उपस्थितिमा प्लेकार्ड र व्यानरसहित आयोगको प्राङ्गणमा धर्ना दिइएको जनाइएको छ ।

टिप्पणीहरू