ओली सरकारको पालामा मनपरी खर्च « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

ओली सरकारको पालामा मनपरी खर्च

प्रकाशित मिति :  ४ भाद्र २०७८, शुक्रबार २०:०६


ओली सरकारको पालामा भएको मनलाग्दी खर्चमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । आजै सार्वजनिक महालेखाको ५८औँ वार्षिक प्रतिवेदनमा ओलीकालमा ५१५ प्रतिशतसम्म रकमान्तर गरिएको बिषयलाई सामान्यले गम्भीर त्रुटी भनेको हो ।

प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्ष ३ खर्ब ३३ अर्ब ९७ करोड रुपैयाँ रकमान्तर गरिएको थियो । ओलीको कार्यकालमा कूल बजेटको झण्डै २२ प्रतिशत रकमान्तरण गरिएको हो ।

अघिल्लो आर्थिक बर्षको आषाढ महिनामा मात्रै ८५ अर्ब ८३ करोड रुपैयाँ रकमान्तर गरिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ । यस्तै सो प्रतिवेदनमा ओली सरकारकै कार्यकालमा ऐन नियम मिचेर आसेपासे र कार्यकर्तालाई उपचार खर्च शीर्षकमा ९ करोड ११ लाख ६७ हजार रूपैयाँ खर्च भएकोप्रति महालेखाले अर्को प्रश्न उठाएको छ ।

अघिल्लो आर्थिक बर्ष यसरी ३१४ व्यक्तिले यो सुविधा लिएका थिए । सो प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्ष असुल गर्नुपर्ने बेरुजुको अंक २७ अर्ब १४ करोड ९५ लाख छ । यो उक्त आवको बेरुजु अंकको २६ दशमलव ०१ प्रतिशत हो ।

ओलीको कार्यकालमा कूल बजेटको झण्डै २२ प्रतिशत रकमान्तरण गरिएको हो । अघिल्लो आर्थिक बर्षको आषाढ महिनामा मात्रै ८५ अर्ब ८३ करोड रुपैयाँ रकमान्तर गरिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

महालेखाका अनुसार ओली प्रधानमन्त्री बनेयता झनै बेरुजु बढ्दै गएको देखिन्छ । आर्थिक बर्ष ०७५/७६ मा असुल गर्नुपर्ने बेरुजु १८ दशमलव २९ प्रतिशत थियो ।प्रतिवेदनअनुसार आव २०७६/७७ मा नियमित गर्नुपर्ने बेरुजु ६२ अर्ब २६ करोड र पेश्की बेरुजु १४ अर्ब ९७ करोड छ । कूल बेरुजुको ६ दशमलव ९० प्रतिशत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मात्र देखिन्छ ।

यस्तै अर्थ मन्त्रालय र मातहतका निकायबाट असुल उपर गर्नुपर्नै बेरुजु २६ दशमलव ८३ प्रतिशत,भौतिक पूर्वाधार मन्त्रालय र मातहतको निकायको बेरुजु २० दशमलव ६८ प्रतिशत, रक्षा मन्त्रालयको बेरुजु १२ दशमलव ८१ प्रतिशत,खानेपानी मन्त्रालयको बेरुजु ६ दशमलव शून्य तीन प्रतिशत,शहरी विकास मन्त्रालयको ४ दशमलव ७१ प्रतिशत,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट उठाउनु पर्ने बेरुजु ४ दशमलव १६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !