संसदीय समितिले सोध्यो, कक्षा १२ को परीक्षा किन रोकेको ?

संसदीय समितिले सोध्यो, कक्षा १२ को परीक्षा किन रोकेको ?

कक्षा १२ को परीक्षा संचालन नगरेकोमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारको आलोचना गरेको छ । समितिको आजको बैठकमा सांसदहरुले परीक्षा संचालन किन नगरेको भनि प्रश्नसमेत गरेका छन् ।

दुई/दुई पटक परीक्षा स्थगित गरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् । सांसद जयपुरी घर्तीले विनाविकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भिर गल्ती गरेको बताउनुभयो ।

समितिका सभापतिसमेत रहनुभएकी घर्तीले स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गरेर परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

सांसद मिनबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो । विद्यार्थीहरुलाई आतंकित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन (सिसीएमसी)ले भूमिका खेलेको भन्दै उहाँले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर परीक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

टिप्पणीहरू