आज २६ जनाको निधन, ३ हजार बढी संक्रमित

आज २६ जनाको निधन, ३ हजार बढी संक्रमित

आज कोरोना संक्रमणको कारण २६ जनाको ज्यान गएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सो अवधिमा १० हजार ५ सय ३० जनामा पीसीआर तथा ७ हजार १ सय २४ जनामा एन्टिजेन गरी १७ हजार ६ सय ५४ जनामा परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार २ सय ४४ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर ४० हजार ३ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू