​सेवाको सट्टा शरीर

घट्दो आय र गिर्दो मुलुकको अवस्थासँग जुझ्दै गरेका रुसी महिलाले ‘सेवाको बदला यौन’ प्रणाली अपनाउन थालेका छन् । पाइप फिटिङ, गाडी मर्मत, वायरिङ, फर्निचर फिटिङलगायत अन्य मर्मतसम्भारसम्बन्धी सेवा लिने र त्यसको बदलामा शरीर सुम्पने चलन बढेको छ ।

अनलाइनमार्फत गृहिणीहरुले भटाभट यस्तो प्रस्ताव राख्न थालेका छन् । एक २३ वर्षीया युवतीले फर्निचर मर्मत गर्न आएको सिकर्मीसँग ज्यालाको बदला यौन सुख दिएको स्वीकारिन् । अर्की युवती अलेक्सी ड्रेबिसले त ट्याक्सी चढेबापत ड्राइभरलाई शरीर चाख्न दिएको बताइन् । उता, कारिगरहरुले पनि विज्ञापनै गरेर ज्याला होइन, शरीर सुम्पनेलाई सेवा दिनसक्ने चर्चा चलाउन थालेका छन् । एउटा विज्ञापन यस्तो छ, ‘सेवाको बदला सेक्स साँट्न सक्नुहुन्छ । सेवा दिएबापत पैसा खर्च गर्नुपर्दैन, अरुथोक नै दिए पनि हुन्छ ।’

टिप्पणीहरू