​कुलो खन्ने मूर्ख बूढा

गुइझाउ प्रदेशको काओवाङ्बा निवासी ६० वर्षीय एक चिनियाँ बूढोले ३६ वर्ष लगाएर १० किमी कुलो खनी गाउँमा पानी ल्याएका हुन् । गाउँमा भएको एउटा इनार पनि सुकेर पानीको हाहाकार भएपछि गाउँका मुखिया ह्वाङ डाफा तीनवटा पर्वत पारिबाट नहर खनेर पानी ल्याउन सुरिएका छन् । तर, धेरैले असम्भव र जोखिमपूर्ण कार्य भन्दै साथ दिएनन् । केही युवकको सहयोगमा हाते औजारले पहाडको बीचबीचबाट नहर खन्न थाले । बल्ल ३६ वर्षपछि सफल भए । उनको कामबाट १२ सय गाउँले लाभान्वित बने । धानको उत्पादन २५ हजारबाट ४० हजार केजी पुग्यो । २३ वर्षको उमेरमा नहर खन्न थालेका उनले यसै अभियानमा छोरी र नातीसमेत गुमाए ।

टिप्पणीहरू