​नक्कलीले के बनाउनु नेपाल ?

रोटराक्ट क्लब विश्वभरिमा रोटरी क्लबसँग सहकार्य गर्ने संस्था हो । धरानको घोपा क्याम्पमा सम्पन्न सो क्लबको आठौं सम्मेलनबाट हरिचन्द्र सत्याल प्रमुख छानिएका छन् ।

सम्मेलनमा त्रिपुरेश्वर, पाल्पा–तानसेन, कुम्स, नारायणी मध्यनगर र नारायणगढ रोटराक्ट क्लब गरी जम्मा ५ वटाले भाग लिन पाएका थिए । तर, ती क्लबले सम्मेलनमा पठाएका प्रतिनिधिको नाउँ उल्लेख नगर्दा नक्कली मतदातालाई मतदान गराउन सत्याल सफल भएका छन् । उज्ज्वल अर्याल, जो रोटराक्ट कलबको सदस्य नै होइनन्, संयोगवश घोपामा सम्मेलन चलिरहेको बेला आफ्ना साथीहरूसँग भेडेटार घुम्न गएका थिए, उनी पनि मतदाता बने । नारायणी मध्यनगर क्लबको तर्फबाट मतदान गरे । मतदानमा धाँधली भएको कुरालाई लिएर बनाइएको जाँचबुझ समितिसमक्ष आफू कुनै क्लबको सदस्य नभएको स्वीकारे । हरिचन्द्र सत्यालको आग्रहमा मतदान गर्न पुगेको बताए । उनीलगायत अन्य नक्कली मतदाताले पनि सोही व्यहोरा स्वीकार्दै भने, ‘मतदाता सूचीमा हाम्रो नाउँ थिएन तर हरिचन्द्रले चुनावकै दिन परिचयपत्र बनाइदिए ।’

जाँचबुझ समितिसमक्ष रोटराक्ट सदस्यद्वय तथा फूलबारी क्लबका अध्यक्ष उमेश सत्याल र सचिव विनोद गौतमले पनि गल्ती स्वीकारे । हरिचन्द्रले नक्कली मतदाता बनेर मतदान गरिदिन इमेल र फेसबुकको मेसेञ्जरमार्फत फूलबारी क्लबका सदस्य विकास धिताल, उज्ज्वल अर्याल, पाल्पा–तानसेनका सदस्यसँग विनोद गौतम र उमेश सत्यालले प्रकाश सापकोटासँग गरेको वार्तालाप सार्वजनिक भइसकेको छ । 

छानबिन क्रममा नक्कली मतदाता बनेका फूलबारी क्लबका सदस्यहरूले त्रिपुरेश्वर क्लबको नाउँबाट मतदान गरेको पुष्टि भएको छ । चुनावमा धाँधली भएको रहस्य त्यसबेला छताछुल्ल भयो, जब एउटै क्लबका सदस्य युमेश सत्याल र हरिचन्द्रबीच फाटो आयो र पाँच मत नक्कली भएको पुष्टि भयो । तर धाँधली भएको पुष्टि भइसक्दा पनि वर्तमान डिआरआर सुशील कार्की कारबाही अगाडि नबढाई चुपचाप बसिरहेको देखेर रोटराक्ट क्लबलाई माया गर्ने नेपाली सदस्य असन्तुष्ट बनेका छन् ।

– बिपुल घोरसाइने, सिमरा, बारा

टिप्पणीहरू