मन्त्री र कुलमानलाई मिलाएर मालामाल

कस्ता–कस्ता गन्धे धन्दावाल देखा पर्न थाले नेपाली सिने क्षेत्रमा ! भीष्म प्रसार्इं एसएसपी हुँदा ट्राफिक प्रहरीको गीत गाएर लाखौं रकम असुले । कहिले प्रचण्डको नातिनी स्मिताको नामबाट एल्बम निकाल्ने नाममा हेडक्वार्टरसँग नजिकिए । तर, चेतन सापकोटाबाट ‘फटाहा’ करार भएपछि मिसन फेल खाई निरास भएका झापाली सरोज वलीले यसपटक ऊर्जामन्त्री जनार्दन शर्मा र कुलमान घिसिङलाई राम्रैसँग पट्ट्याएर ठूलै माल हात पारेका छन् ।
  
१८ औं सार्क शिखर सम्मेलनको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको लगानीमा भीष्म प्रसार्इंलाई हातमा लिएर वलीले नाम मात्रको गीत÷म्युजिक भिडियो निकाली लाखौं असुलेका छन् । बीचमा प्रचण्डको नातिनी स्मितालाई ‘भान्जी’साइनो लगाउँदै नजिकिए र उनको नामबाट एल्बम निकाल्न कस्सिए । यिनै धन्दावालले ऊर्जामन्त्री जनार्दन शर्मालाई हिरो बनाएर उस्तै धन्दा चलाएको भेटिएको छ । उनले ‘उज्यालो नेपाल’ नामक चलचित्र बनाएर ऊर्जा मन्त्रालयबाट लाखौं रकम झ्वाम पारेका हुन् । 

उक्त चलचित्रमा पाइलट विजय लामा कुलमान घिसिङ र राजेश हमाल जनार्दन शर्माको भूमिकामा देखिएका छन् । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धिलाई समेटेर निर्माण भएको यो चलचित्रमा गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रवि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायत कलाकारले अभिनय गरेका छन् जसको निर्देशन सरोज ओलीले गरेका हुन् । 

पाँच दिन अभिनय गरी तयार पारिएको उक्त चलचित्रमा काम गरेबापत हालसम्मकै अप्रत्यासित अंकको रकम पाएपछि कलाकार नै तीनछक परेका छन् ।

टिप्पणीहरू