पुल छेउबाट विक्रम पक्राउ

पुल छेउबाट विक्रम पक्राउ

लागू औषध मुद्दामा सजाय तोकिएका एक जनालाई मकवानपुरको मनहरी बजारबाट पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मनहरीस्थित पुलमा हिँडिरहेका कैलाश गाउँपालिका (साविक डाँडाखर्क ८) का विक्रम स्याङ्तानलाई पक्राउ गरिएको हो । विशेष सुराकीको सहयोगमा स्याङ्तानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।

लागूऔषध गाँजा र चरेश ओसारपसार मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना तोकिए पनि लुकिछिपी हिँडिरहेका थिए ।

टिप्पणीहरू