​रेखाको मुहार किन देखाइएन

पोस्टरबाट रेखा थापाको फोटो हटाइएपछि बबाल मच्चिएको छ । हितैषी छुल्ठिम गुरुङद्वारा निर्माण गरिएको चलचित्र डायरीमा रेखाले भिलेनको भूमिका निर्वाह गरेकी थिइन् । तर, फस्र्ट लुक सार्वजनिक गरिँदा पोस्टरमा छुल्ठिम गुरुङ र सन्नी सिंहको अनुहार मात्र देखाइएपछि कुनै समयका हितैषी छुल्ठिम र रेखाबीच पानी बाराबारको स्थिति पैदा भएको छ । ५ जेठमा रिलिज हुन लागेको ‘डायरी’को पोस्टरमा आफ्नो अनुहार नअटेपछि छुल्ठिमसँग रेखाले आफ्नो असन्तुष्टि पोखिसकेकी छन् । 

यता, छुल्ठिमले भने आगामी पोस्टरमा रेखा थापाको सालो पोस्टर रिलिज गर्ने आश्वासन दिएकी छन् । सान थापा र विजय बस्यालले तयार गरेको उक्त पोस्टरबाट रेखाको अनुहार हट्नुमा दिनेश डिसी हाबी हुनुलाई प्रधान कारण मानिएको छ । कुनै समय थियो, रेखाको टाउको र तिघ्राका पोस्टर मात्रै भए पनि बिक्थे । त्यही पोस्टरका आधारमा चलचित्र हेर्न उनका फ्यान हलसम्म पुग्थे । 

गैंडा निस्किए ग्याङबाट
दीपाश्री निरौला हाबी हुँदा कुनै समयको तीतो सत्यको टिम चिराचिरा भएको छ । १५ वर्षदेखि सहकार्य गर्दै आएका निर्मल शर्मा ‘गैंडा’ दीपक–दीपाको टिमबाट आउट भएका हुन् । यो समूहबाट धुुर्मुस–सुन्तली पनि बाहिरिएका छन् । दीपक–दीपाद्वारा निर्माण हुन लागेको सिक्वेल चलचित्र छक्कापञ्जा–२ मा दीपक–दीपासँग निर्मल शर्मा ‘गंैडा’ र सीताराम कट्टेलहरूले सहकार्य नगर्ने भएका हुन् ।

टिप्पणीहरू