प्रधानमन्त्री देउवा बंगलामुखी मन्दिर जाँदै

प्रधानमन्त्री देउवा बंगलामुखी मन्दिर जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज ललितपुरको कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर जानुहुने भएको छ । बिहान ११ बजेको साइतमा मन्दिरमा पूजाआजा गरेपछि गजुर राख्ने कार्यक्रम रहेकाले प्रधानमन्त्रीलाई निम्तो दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बंगलामुखी मन्दिरको पुनर्निर्माण सकिएकाले आज गजुर राख्न लागिएको हो । गजुर राख्नुअघि प्रधानमन्त्रीले मन्दिर र गजुरको पूजा गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू