केपी ओलीले भोलि केबलकार चढ्ने

केपी ओलीले भोलि केबलकार चढ्ने

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राजधानीभित्रको केबलकार चढ्ने हुनुभएको छ । उहाँले काठमाडौंको चन्द्रागिरीस्थित उध्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालद्वारा प्रवर्धित चन्द्रागिरी केबुलकार चढ्ने कार्यक्रम तय भएको छ ।

भोलि उहाँ चन्द्रागिरी नगरपालिका -१५ झोलुङ्गेपुलमा नवनिर्मित भिराडेल साकुरा पार्कको अवलोकनको निम्ति बिहान साढे ११ बजे जाने कार्यक्रम रहेको छ । त्यहि मेसोमा १ बजे चन्द्रागिरी केबलकारसमेत चढ्ने र माथि डाँडामा गएर साहित्यिक कार्यक्रममा भाग लिई त्यहीँ दिवाभोजन ग्रहण गर्ने बताइएको छ ।

०७५ असार ३१ गते पनि उहाँ चन्द्रागिरी गएर अब कसैले रुनु पर्दैन भन्ने आशयको कविता लेख्नुभएको थियो ।

टिप्पणीहरू