आफ्नो गल्तीमा वकिल, अरूकोमा न्यायाधीश !

  • संकेत कोइराला

एक शहरमा साधु र नगरवधू छिमेकी थिए । नगरवधूको घरमा सधैं नाचगान, भोजभतेर र भोगविलासको रमझम देखिन्थ्यो भने साधुको कुटीमा दिनभर भागवत, भजन–कीर्तन, धुनी र पूजाआजा चल्ने गथ्र्यो । आफ्नो दैनिकी सकेपछि छिमेकमा चलेको पूजाआजा र भक्ति देखेर नगरवधूलाई लाग्थ्यो– ‘म पनि साधुकै जसरी भगवानको भक्ति भावमा लीन हुन पाएको भए कस्तो आनन्द हुन्थ्यो † म कति अभागी छु, जसले कृत्रिम जीवन बाँच्नुपरेको छ । मेरा छिमेकी साधु कति बन्दनीय र आदरणीय छन्, जो नैतिकवान छन् । दिनु, दिनु र दिइरहनु नै धर्म बनेको छ । पेशाले म जे भएपनि मेरो सम्पूर्ण कमाई प्रभुकै नाममा अर्पण गर्छु ।’

उता साधु आफ्नो दिनचर्या सकेर जब सुत्न जान्थे, बेश्याको घरबाट आएको अत्तरले रंगमगाएको कुटीमा एक्लै हराउँथे । नगरवधूको सुन्दर अनुहार देखेर भित्रभित्रै जल्ने गर्थे । त्यहाँ चलेको आमोद प्रमोदप्रति चनाखो कान पारेर सुन्थे । भित्रभित्रै उनको मानसले भन्थ्यो– ‘मैले यो के जीवन अपनाएँ हुँला ? चौबीसै घन्टा उही पूजापाठ, उही भजन कीर्तन, उही सुगा रटाइको प्रवचन । नगरवधूको घरमा त्यति रमाइलो छ । थुक्क मेरो जिन्दगी, निरर्थक नै भो ।’

संयोगवश साधु र नगरवधूको एकैदिन मृत्यु भयो । नगरवधूको घरमा टामाटिमी कोही छैन । लडेको मुढोजस्तो फगतः एक्लै छ । शवमा झिँगा भन्किएको छ । तर साधुको कुटीमा मान्छेको लावालस्कर । पूmल, अविरले शव ढाकेको छ । यमलोकबाट यमदूत र देवदूत आए । विडम्बना देवदूत वेश्याका घरतिर लागे । यमदूत कुटीतिर । बस्तीमा हल्लीखल्ली मच्चियो । नगरवधूलाई स्वर्गलोक र साधुलाई यमलोक लाने निधो भयो । साधुले आपत्ति जनाए– ‘म जीवनभर भगवानको भजन कीर्तन गर्ने मानिसलाई यमलोक, त्यो जिन्दगीभर देहव्यापार गर्ने मांस मदिरा सेवन गर्ने, कहिल्यै भक्तिमा लीन नहुनेलाई स्वर्गलोक ! मरेपछि पनि मेरो शवलाई कत्रो सम्मान छ । त्यो नगरवधूको शवमा झिंगा भन्किरहेको छ । कतै तपाईंहरूले बाटो विराएको त हैन ?’ 

यमदूत जवाफ दिँदै भन्छन्– ‘तपाईं र नगरवधूबीचको भित्री मनोभाव नितान्त भिन्न छ । तपाईंको बाहिरी क्रियाकलाप अति राम्रो थियो । तिनको बाहिरी धन्दा नराम्रो थियो । तपाईंलाई आपूmले पक्रिएको बाटोप्रति पश्चाताप थियो । उता उनको भित्री भावना उच्च थियो । तिनी भगवानको भजन कीर्तनमा लीन हुन नपाएको पश्चात्ताप गर्थिन् । भगवानको नियममा बाहिरीभन्दा भित्री मनोभावको सत्कार हुन्छ । यमदूतको कुरा साधुलाई चित्त बुझ्यो । देवलोकका दावेदार उनी अन्तत ः यमलोक जान तयार भए । 

पछिल्लो समय कोमल ओली र रेखा थापालाई पार्टीभित्र ईन र प्रकाशचन्द्र लोहनीजस्ता कर्मठ नेतालाई आउट गरेका कमल थापा संघीय गणतन्त्र नेपाल बचाउने अस्त्र भएका छन् । सरकारको उपप्रधानमन्त्री रहेका थापा यस्ता अद्भुत पात्र हुन्, जसले गणतान्त्रिक नेपालभित्र संवैधानिक राजतन्त्रको एजेन्डा बोकेर हिँड्दा पनि यहाँ रातो कार्पेट बिछ्याउनेको कमी छैन । गणतन्त्रमा राजा अटाउनु स्याउ र सुन्तला एउटै बोटमा फल्नुजस्तै हो । राजादेखि प्रचण्ड, शेरबहादुर देउवा हुँदै केपी ओलीसम्मका विश्वासपात्र बन्न सफल यी पात्र रक्षाकवच हुनुपर्ने शासन व्यवस्थाले ओगटेको राजनीतिक जमिनको मजबुतीबारे गरिने प्रश्न नै गलत हुने पक्का छ । कमल थापालाई बोकेर सरकारमा जनवादको क्लाइमेक्स सिन देखाएका प्रचण्डका लागि चुनाव दुई चरणमा गर्ने खेल साधु र नगरबधूले मरोणोपरान्त पाएको सम्मानजस्तै हो । कमल थापा सधैं राजनीतिको स्वर्गलोकमा सयर गर्दै आएका छन् भने प्रचण्ड यमलोकको यात्रा तय गर्दै छन् । 

यो निर्णयले संवैधानिक संकटको अध्याय श्रीगणेश गरेको छ । एउटा पुलिसको सिपाही नियुक्ति प्रकरणमा त देशका कार्यकारी अधिकारप्राप्त उपल्लो निकायदेखि संवैधानिक हुँदै संविधानको अन्तिम व्याख्या गर्ने अधिकारप्राप्त सर्वोच्च अदालतसमेतका क्रियाकर्म छताछुल्ल हुने देशमा यस्ता समस्या उल्झनु भनेको समस्यामा खेल्न बानी परेकाहरूका लागि स्वर्णयुग हो । संविधान संशोधन, जेठ १५ मा अनिवार्य बजेट, सरकार परिवर्तन यी दृश्यको समायोजन त्यति सजिलो छैन । भोलि अदालतमा एउटा रीट पर्नासाथ चारदलका नेता मिलेर भट्टीमा गरिएको सल्लाह जस्तो सहज हुने छैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाकोे कमाण्ड समेत सेटिङको शिकार हुने देशमा अब कुनै विषयले सुरक्षित अवतरण गर्ला भन्ने सोच नै भ्रम हुने पक्का छ । कोही बोलेर सिध्याउन सक्रिय छन् त कोही नबोलेर ।  

छातीमा हात राखेर भन्ने हो भने यहाँ कुनै दललाई चुनाव चाहिएको छैन । राजश्वमा संगठित लुट मच्चाउन पाइने यो अवसर सवैका लागि दशकौंदेखि चास्नी बन्दै आएको छ । देश सिस्टममा जानु राजनीति जागिरबाट निरपेक्ष हुनु हो । प्रधानमन्त्री प्रचण्डकै शब्दमा अहिले जस्तो ‘भाले’ हुन नपाइने त्रास सबैका मनको अदृश्य अनुभूति हो । नेचर, कल्चर र सिग्नेचर मानिसले कमै फेर्ने इच्छा गर्छ । जनमतभन्दा पनि दलालीबादतर्पm उन्मुख राजनीतिका कारण कसैलाई पनि भोटको लेठा गर्ने इच्छा छैन । राजनीतिक हैसियतभन्दा पनि क्लबको अध्यक्षजस्ता भएका नेताका लागि जनमतमा जानुभन्दा कसैलाई खुशी बनाएर दुनो सोझ्याउनु नै रुचिकर हुन थालेको छ । 

विश्वविख्यात हलिउड अभिनेत्री मर्लिन मुनरोले भनेकी थिइन्, ‘आत्मा साक्षी राखेर भन्ने हो भने म कैयौं फिल्मी निर्मातासँग सुतेकी छु । यदि, मैले त्यो कुरा इन्कार गरें भने झुटो हुनेछ । अभिनेत्री बन्न अभिनय, कौशल, प्रतिभा र परिश्रम त हुनै पर्छ तर निर्मातासँग रात बिताउनाले फिल्ममा प्रमुख भूमिका पाउन मद्दत मिल्नेछ, जब मैले मोडलिङको काम शुरु गरें, यौन सम्बन्ध मेरो पेशाको अभिन्न अंग बन्यो । सबै केटीले त्यो गर्नुपथ्र्यो । नत्र अन्य पच्चीसौं केटी त्यो ठाउँ लिन तयार हुन्थे । निर्माताले फिल्मको कुरा गर्न बोलाउँदा फिल्मबाहेक अरू पनि स्वार्थ हुन्छ ।’

हाम्रा नेताले पनि मर्लिन मुनरोको जस्तै छातीमा हात राखेर भन्न सक्छन्, उपयोगको राजनीति गर्दाको पीडा कस्तो हुन्छ ? कमान खुस्केको घडी र लगाम खुस्केको घोडाको काम नभएजस्तै इमान नभएका नेता आखिर इतिहासमा पत्रु भएर जान्छन् । त्यो पनि स्टिलको पत्रु, जसको कुनै मूल्य बाँकी रहँदैन । हजुरबा पुस्तामा बिहारीलाई जोताउन सक्ने क्षमता राख्ने नेपाली नातिका पालामा उनीहरूको खेतमा नजोती जीविका नचल्ने भएको छ । देशको बजेट व्यापार घाटा समानको अवस्थामा पुगिसक्यो । मुलुकको अर्थशास्त्र तथ्यांक र अंग्रेजीको प्राविधिक शब्दमा ठोक्काएर झेलिनसक्नुको चक्रव्यूहमा फसाउनेहरूले अर्थशास्त्रको राजधानी मानिने चुलोलाई कहिल्यै हेरेनन् । भारतमा मनमोहनसिंह प्रधानमन्त्री भएपछि उनकी श्रीमतीलाई सोधियो– ‘पति सर्वशक्तिमान भएपछि तपाईंको इच्छा के छ ?’ उनले तत्काल जवाफ दिइन– ‘अरुथोक मलाई थाहा छैन तर भात पकाउने ग्यासको मूल्य बढ्नु हुँदैन ।’ 

टाकुरामा उभिएर ठूलो हुने होइन, पदमा बस्दा उसले कस्तो प्रभाव छोड्छ भन्ने मुख्य कुरा हो । धर्म, कर्म र शर्मको हैसियत निख्रिएपछि मानिसका लागि कुन जमिन बाँकी रहन्छ ? आफ्नो गल्तीमा वकिल, अरुको गल्तीमा न्यायाधीश बन्ने सोखले नेपाली समाजलाई ओरालो लाँदो छ । भनिन्छ– ‘क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप र अकर्मण्यताले भविष्य खान्छ ।’ विश्वासको महल बनाउने कुरा गर्दा सिमेन्टको नाम सोध्ने पटमूर्खहरू सारथी भएका छन् । सोच्नु एउटा, भन्नु अर्को र गर्नु झन अर्कोको मनोविज्ञानबाट ग्रसित बन्दै गएका छौं । साँचो भूmटो, पाप पून्य, धर्म अधर्मको दूरी त्यति टाढा छैन । त्यही भात थालमा रहँदा भात बन्छ, थालबाट झरेपछि जुठो । तराईमा खाइने ताडी सूर्यको प्रकाशले नभेट्दासम्म जुस हुन्छ तर सूर्यको प्रकाशले भेटेपछि त्यही जुस रक्सीमा परिणत हुन्छ । 

नपूmलेको एउटा पूmल
नपढिएको एउटा पुस्तक
फल नलाग्दैको एउटा रूख
कसैले नटेकेको एउटा बाटो
एउटा घर हृदयभरिका सुवास
भरिएका अभैm जस्का कोठामा 
भोलि पछिका अनौठा ढोकाबाट
त्यो यही समय हो, जो तिमीलाई पर्खन्छ ।

भनिन्छ ईश्वरले सबैका लागि समान ढंगले रोटी मिल्काएका हुन्छन् रे ! कसले कसरी कुन रूपमा ग्रहण गर्छ भन्ने कर्मको खेल हो । कसैले आँसुलाई सितन पारेर रोटी निल्छन् त कसैले हाँसोको फोहोरामा रोटी मिल्काउँछन् । कवि नेल्शन पार्वसले माथि लेखेका पंक्ति निरर्थक छैनन् । आस्थाविनाको जीवनले आफ्नो मूल्यवोध गर्न सक्दैन । त्यो जीवन निरर्थक हुन्छ । आस्था हृदयभित्र पाक्ने बाली हो । यसलाई आपैmले भिœयाउन सक्नुपर्छ । आस्थाविनाको हृदय पत्रे चट्टानको अर्को रूप हो । यस्तो हृदयमा न कसैसित प्रेम हुन्छ, न ममता, न दया न श्रद्धा नै ! देउरालीको ढुंगाले त माला र अविरको श्रद्धा पाउने हैसियत राख्छ भने विवेकशील मानवले त्यतिमै आपूmलाई उत्सर्जन गर्नु कति न्यायोचित होला ?

टिप्पणीहरू