गुप्तचरहरुको कहाँ कहाँ छ जिम्मेवारी ?

गुप्तचरहरुको कहाँ कहाँ छ जिम्मेवारी ?

गुप्तचरी गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभागमा अवकाश हुन एक महिना मात्र बाँकी रहेका डिआईजीले एआइजी बन्ने दौड शुरु गरेका छन् ।

डिआईजी लक्ष्मण गुरुङ अवकाश हुन एक महिना मात्र बाँकी छ । उनी असोजमा रिटायर्ड हुने भए पनि एआइजी हुने चक्करमा लागेको बताइन्छ । विभागमा पहिले दुई वटा एआईजीको दरबन्दी थियो ।

तर अहिलेको अवस्थामा सरकारले घर जान लागेका डिआइजीलाई थमौती गर्ने सम्भावना निकै कम भएको बताइन्छ ।

पहिले दुई वटा एआइजी दरबन्दी भएको विभागमा अहिले एउटालाई मात्रै जिम्मेवारी दिएर राखिएको छ । त्यसमा यदु खरेल कार्यरत छन् । अघिल्लो महिना गुरुङलाई लुम्बिनी प्रदेश पठाइएकोमा घर जाने बेला भएको भनेर यतै रोकिएको छ । ३२ किलो सुनकाण्डको छानविनवाला हुतराज थापालाई भने सुदूरपश्चिम र सुमन वैद्यलाई पोखराको जिम्मेवारी तोकिएको छ ।

टिप्पणीहरू