सडक बनाउन प्रशासकको भर

सडक बनाउन प्रशासकको भर

-शरद अधिकारी

दाङ जिल्लामा विभिन्न स्थानका सडकको अवस्था बिग्रँदै गएपछि जनता प्रशासनको शरणमा पुगेका छन् । विभिन्न स्थानका सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदार र सरकारी निकायले ध्यान नदिएपछि दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सक्रियता देखाउनुभएको छ । जनप्रतिनिधिहरूको कुराको समेत सुनुवाई नहुने भएपछि कतिपय स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई सडक निर्माणका लागि पहल गरिदिन आग्रह गर्न थालेका छन् ।

गत असारमा नेपालको दोस्रो लामो पुलको एप्रोच भत्किएपछि प्रमुख जिल्ला अधिकारी भोलिपल्टै घटनास्थल पुग्नुभयोे । घटनास्थलमा जानुभएका प्रमुख जिल्ला अधिकारीले तत्कालै पुल निर्माणको जिम्मेवारी लिएको कम्पनीलाई आदेश दिएपछि दुई सातामा सडक हिँड्न सक्ने बनाइयो । यस्तै केही दिनअघि घोराही–तुलसीपुर सडक चार लेनको बनाउने क्रममा खनिएको खाडलमा परेर एक जनाको ज्यान गयो ।

भोलिपल्टै प्रमुख जिल्ला अधिकारी घटनास्थलमा पुगेर खाडल पुर्न लगाउनुभयो । देउखुरीको गढवामा पर्ने सडकको अवस्था बिग्रिएको गुनासो आएपछि त्यहिँ पुगेर प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले तत्काल खाडल पुर्नका लागि निर्देशन दिनुभएको थियो ।

केही दिन अघि घोराही–प्यूठान जोड्ने सडकको घोराही–नवलपुर क्षेत्रमा सडक बिग्रिएपछि जनप्रतिनिधिहरू समेत प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका थिए । जनप्रनिधिहरूले भनेको नमानेपछि जनप्रनिनिधिहरू समेत प्रमुख जिल्ला अधिकारी समक्ष पुगेर सडकको अवस्था सुधारका लागि याचना गरेका हुन् ।

दाङ जिल्लामा रहेका तीनवटा, सिमानामा रहेको एउटा र रोल्पा जिल्लामा रहेको एउटा सिमेन्ट उद्योगका ट्रिपर र ट्रकका कारणले गर्दा सडकको अवस्था बिग्रँदै गएको छ । दाङ जिल्लामा सयौंको संख्यामा ट्रिपर चल्ने गरेका छन् । लमहीमा रहेको सम्राट सिमेन्ट, घोराहीमा रहेको दाङ सिमेन्ट, तुलसीपुरमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा सयौं ट्रिपर चल्ने गरेका छन् । सिमेन्ट उद्योगमा कच्चा पदार्थ ल्याउने ट्रिपरहरूका कारणले गर्दा विभिन्न स्थानका सडक क्षतविक्षत भएका छन् ।

ट्रिपरले सडक बिगार्न थालेपछि बंगलाचुली गाउँपालिकाले दिउँसोको समयमा ट्रिपर सञ्चालनमा रोक लगाएको छ । दिउँसोको समयमा ट्रिपर गुड्दा अन्य सवारी साधन, पशु चौपाया, पैदल यात्रुहरू समस्यामा पर्न थालेपछि गाउँपालिकाले दिउँसोको समयमा ट्रिपर चलाउनमा रोक लगाएको हो । नेपालमा सबैभन्दा धेरै ट्रिपर चल्ने जिल्ला कुनै छ भने त्यो दाङ जिल्ला भएको बताउन थालिएको छ । बंगलाचुली गाउँपालिकाबाट चुनढुङ्गा ढुवानीका लागि ट्रिपरहरूलाई समय तोकिएको छ । बंगलाचुलीबाट चुनढुङ्गा निकासीका लागि रातिको समय तोकिएको हो ।

बंगलाचुलीबाट तीनवटा सिमेन्ट उद्योगले चुनढुङ्गा ढुवानी गर्दै आइरहेका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को कार्यालयले बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म मात्रै सिमेन्ट खानीका चुनढुङ्गा ढुवानी गर्न दिने गरी सरोकारवाला सबैलाई पत्राचार गरेको छ । ट्रिपरहरूले नागरिकलाई सास्ति दिएको भन्दै ट्रिपर सञ्चालनका लागि रातिको समय तोकिएको वडा कार्यालयद्वारा जारी पत्रमा उल्लेख छ । वडा नम्बर ४ का अध्यक्ष नारायण डाँगीद्वारा हस्ताक्षरित पत्रमा दैनिक सयौँका संख्यामा चल्ने ट्रिपरहरूले नागरिकलाई सास्ति दिइएको भन्दै ट्रिपर सञ्चालनका लागि रातिको समय तोकिएको हो ।

सिमेन्ट खानीका ट्रिपर दिउँसो अव्यवस्थितरुपमा सञ्चालन हुँदा घोराही–मुर्कुटी–तापा सडक खण्डमा यात्रा गर्ने यात्रुहरूलाई निकै सास्ती हुने गरेको गुनासो आएपछि गाउँपालिकाले नयाँ व्यवस्था गरेको बताइन्छ । सो क्षेत्रका नागरिकहरूले गाउँपालिकामा निवेदन दिएको र सोको अवस्था अध्ययन गर्दा नागरिकले सास्ति व्यहोरेको हुँदा ट्रिपर सञ्चालनका लागि रातिको समय तोकिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताउनुभएको छ ।

गाउँपालिकामा घोराहीको गोग्लिमा रहेको सगरमाथा सिमेन्ट, लमहीको सतवरियामा रहेको सम्राट र अर्घाखाँची र दाङको सिमानामा पर्ने कालाकाँटेमा रहेको शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्न दैनिक सयौँका संख्यामा ट्रिपरहरू चल्ने गरेका छन् । सिमेन्ट खानीका सयौँ ट्रिपरहरूका कारण भर्खरै कालोपत्रे गरेको सडक तहसनहस भएको छ । ट्रिपरहरूले सडक छेउछाउमा लगातार दैनिक दुर्घटना गराउने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् । दिउँसोको समयमा ट्रिपर चल्न दिँदा अन्य सवारी साधनलाई निकै मुश्किल पर्ने गरेको छ ।

उक्त सडक खण्डमा चल्ने ट्रिपरहरूले स्थानीयका गाई, गोरु, कुखुरा, बाख्रा, भैसीँलाई ठक्कर दिएर घाईते बनाउने मात्रै होइन पशुचौपायाको ज्यानै लिने गरेको नागरिकहरूको गुनासो छ । सडकमा चल्ने ट्रिपरहरले पैदलयात्री, साना गाडीमा सवार नागरिकलाई पनि ठक्कर दिन खोज्ने र कतिपयलाई घाइते समेत बनाएको स्थानीय तुलसीराम रावतले बताउनुभयो । स्थानीय तुलसीराम रावतका अनुसार अहिले पाँच दिनदेखि लगातार स्थानीयको पशुचौपाया, घरपालुवा जनावरहरूलाई ट्रिपरले ठक्कर दिने र मार्ने गरेका छन् ।

ट्रिपरले घनश्याम महराको गोरु र राँगोलाई घाईते बनाएको, लालबहादुर गिरीको कुकुरलाई किचेर मारेको, तेजप्रसाद भुसालको बोका मारेको, सर्वजित राईको गाई घाईते पारेको, शंकर सुनार, डोमबहादुर महरा र नारायण भण्डारीको कुखुरा मारेको तुलसीराम रावतले जानकारी दिनुभयो । सिमेन्ट उद्योगका ट्रिपरहरूले पैदल यात्रीलाई हिलो छ्याप्ने, उच्च गतिमा चलाउने, सहचालकले चलाउने र लाईसेन्सबिनाका चालकले ट्रिपरहरू चलाउने गरेको स्थानीय छबिलाल डाँगीले जानकारी दिनुभएको छ ।

हिउँदमा धुलाम्मे सडक वर्षातमा भने खाडलमा पानी जमेर हिलाम्मे भएका हुन्छन् । जिल्लाका मुख्य सडक घोराही–होलेरी सडक खण्डका विभिन्न भागमा यतिबेला ठूला पोखरी बनेर पानी भरिएका छन् । भने सडक छियाछिया बनेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित डुम्बरगाउँ पेट्रोल पम्पदेखि दुई खोलीसम्मको सडकको अवस्था यात्रा गर्न लायकको देखिँदैन । उक्त सडकमा ठाउँ ठाउँमा खाडल देखिएका छन् ।

नयाँ गाउँस्थित चुनढुंगा लिनका लागि दैनिक सयौ ट्रिपरहरू चल्ने गर्छन् । ज

टिप्पणीहरू