नेपालमा तस्करी गर्न पुग्ने केराउ उत्पादन हुन्छ ?

नेपालमा तस्करी गर्न पुग्ने केराउ उत्पादन हुन्छ ?

सँधै जसो भन्सार छलेर भारततर्फ लैजाँदै गरिएको केराउ प्रहरीले बरामद गर्ने गरेको छ । त्यो भनेको १० भागको एक भाग मात्र रहेको व्यापारीहरु नै बताउँछन् ।

भन्सार छलेर अवैध रुपमा भारततर्फ लैजान खोजिएको झण्डै १ सय ७० क्विन्टल केराउ प्रहरीले बर्दियामा नियन्त्रणमा लिएपछि नेपालमा कति केराउ उत्पादन हुन्छ भनेर खोज्नुपर्ने भएको छ ।

भारत लैजान गुलरिया नगरपालिका १० स्थित मिल नजिकको खुल्ला जमिनमा तयारी अवस्थामा राखेको १६ लाख ९१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको उक्त केराउ गए राति प्रहरीले बरामद गरेको छ ।

साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिहरु साइकल छोडी फरार भएका थिए । नियन्त्रणमा लिइएको केराउलाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय, गुलरिया पठाइएको छ ।

टिप्पणीहरू