​प्रहरी–प्रहरी नो साथी

प्रहरी मेरो साथी भन्ने नारा जताततै लेखिएको जसले पनि पढेको हुनुपर्छ । आकर्षक नारा छ । जब प्रहरी नै हाम्रो साथी बन्छ, तब हामीलाई कोहीसँग केको डर ? सायद प्रहरी नै साथी भएको कारणले होला अचेल शहर बजारमा गुण्डा, लुटेरा, चोर, भ्रष्टाचारी, कमिशनखोर, काला बजारी, तस्कर कोही पनि कसैसँग डराउँदैन । किन डराउने ? प्रहरी नै साथी भएपछि डराउने किन ? 

तर, प्रहरी भन्या जम्मैको साथी भए पनि स्वयं प्रहरीकै साथीचाहिँ नहुने रहेछ । प्रहरी अरू जम्मैको साथी हुने । तर, प्रहरीकै साथीचाहिँ नहुने । वा यस्तो भन्दा पनि हुन्छ, प्रहरी–प्रहरी कहिल्यै साथी हुँदैनन् । अस्ति भर्खर हेर्नोस्, प्रहरीले नै प्रहरीका डिआइजीलाई समातेर लग्यो । थुन्यो । के जमाना आयो ! प्रहरी नै प्रहरीलाई समाउँदै थुन्न थालेको छ । अपराधी समाउन सकेन भनेर हाम्रोमा प्रहरी फोर्सको साह्रै आलोचना हुने गथ्र्र्यो । तर, प्रहरीले सर्वोच्चको वारेन्टअनुसार बालकृष्ण ढुंगेलजस्ता अपराधी समाउन नसके पनि प्रहरी नै समाउन भने राम्रै सफलता हासिल गरेको छ ।

भन्दा अगाडि सरकारले एक जना प्रहरी डिआइजीलाई आइजीमा प्रमोसन गरेको थियो । त्यसविरुद्ध अर्को डिआइजी अदालत गयो । र, प्रमोसन रोकिदियो । प्रहरीलाई प्रमोसन गरेको प्रहरीलाई नै चित्त नबुझेको रहेछ । साथी साथी भए त्यसरी रिट हाल्थ्यो ? अब हेरौं, सबैलाई साथी बनाउने प्रहरी आफ्नै लागिचाहिँ कति साथी बन्ने हो ! 

टिप्पणीहरू