बौद्ध नजिकैबाट सुनको जलप लगाएको बुद्ध मूर्ति हरायो

बौद्ध नजिकैबाट सुनको जलप लगाएको बुद्ध मूर्ति हरायो

काठमाडौंको बौद्ध नजिकैबाट गए राति बुद्ध मूर्ति हराएको छ । काठमाडौं महानगरपालिका–११, पैँयुटार पिपलबोटस्थित शान्ति स्तुपा बाहिरको छतमा रहेको बुद्धको ठूलो मूर्ति चोरी भएको हो ।

प्रहरीका अनुसार स्तुपाको छतमा राखिएको १० केजी तौल, १ फिट उचाईको पित्तलमा सुनको जलप लगाइएको बुद्धको मूर्ति चोरी भएपछि चोरहरुको खोजी गरिएको छ ।

टिप्पणीहरू