एसएलसी सर्टिफिकेट

भर्खर मात्रै पत्रिकामा पढ्न पाइयो कि सर्वोच्च अदालतका एकजना न्यायाधीश श्रीमान्को एसएलसी सर्टिफिकेट गायब छ रे ! जहाँ उहाँको सर्टिफिकेट हुनुपर्ने थियो त्यहाँ छैन रे ! उहाँले त पक्कै राख्नुभएको थियो होला । किनभने विना एसएलसी न्यायाधीश बन्न सम्भवै छैन ।

एसएलसी पास नभइकन मन्त्री बन्न सकिन्छ, प्रधानमन्त्री बन्न सकिन्छ तर न्यायाधीश बन्न सकिँदैन । त्यसैले उहाँ श्रीमान्ले पनि एसएलसीको सर्टिफिकेट लिनुभएकै होला, पेश गर्नुभएकै होला । तर, पेश गरिएको ठाउँमा त्यो छैन । छैन भने कहाँ गयो ? न उहाँले ल पढ्नुभएको कलेजमा छ, न न्यायालयमा छ, न कहीँ छ । अनौठो कुरा । कसले गायब पा¥यो उहाँको सर्टिफिकेट ?

जुन देशमा न्यायाधीशको सर्टिफिकेट त सुरक्षित छैन त्यो देशमा अरू कसको सर्टिफिकेट सुरक्षित होला र ? डा. बाबुराम भट्टराई आफूलाई एसएलसी बोर्ड टपर भनेर खुब प्रचार गर्नुहुन्छ । के उहाँको सर्टिफिकेट सुरक्षित छ ? एसएलसी भनेपछि फेल भएको सर्टिफिकेट त सुरक्षित हुँदैन भने झन् बोर्ड टपरको सर्टिफिकेट कसले पो छाड्छ र !

टिप्पणीहरू