ओली भन्नुहुन्छ,”हामी सत्तामै छौँ”

ओली भन्नुहुन्छ,”हामी सत्तामै छौँ”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सत्तापक्षमै रहेको बताउनुभएको छ । प्रदेश र स्थानीय तहमा एमाले बहुमतमा रहेकाले आफ्नो पार्टी सत्तामै रहेको ओलीको भनाइ छ।

आज भक्तपुरको एक कार्यक्रममा बोल्दै ओलीले देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुने बताउनुभएको हो । उहाँले केही प्रदेश र बहुमत स्थानीय तहमा एमालेले बहुमतको सरकार चलाइरहेकाले आफूहरु प्रतिपक्ष मात्र नभएको प्रष्ट पार्नुभयो।

ओलीले मुलुकको विकास र सम्बृध्दि एमालेको एकमात्र अर्जुन दृष्टि भएकाले पार्टीको सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गर्ने दाबीसमेत गर्नुभयो । झण्डै दुई तिहाई मतसहित करिब साढे तीन वर्ष संघीय सरकारको नेतृत्व गरेको एमाले पछिल्लो समय प्रतिपक्षमा छ ।

तत्कालीन नेकपा हुँदै एमालेसम्मको विभाजनले प्रदेशमा समेत एमालेले सरकारको नेतृत्व गुमाइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गुमाइसकेको एमाले प्रदेश १ र बागमतीमा पनि प्रतिपक्षमा पुग्ने अवस्थामा छ ।

एमाले विभाजनले कानुनी मान्यता पाएसँगै स्थानीय तहमा समेत त्यसको प्रभाव पर्ने निश्चित देखिएको छ । सबैतिर सरकारको नेतृत्व गुमाउनुपर्ने अवस्थामा पुगेका बेला ओलीले एमाले सरकारमै रहेको टिप्पणी गर्नुभएको हो ।

टिप्पणीहरू