एकल महिलालाई आफ्नै परिवारबाट यातना,यौनाङ्गमा अगुल्टो झोसियो

एकल महिलालाई आफ्नै परिवारबाट यातना,यौनाङ्गमा अगुल्टो झोसियो

सोलुखुम्बुको थुलुंग दूधकोशी गाउँपालिका–९ को लोखिम गाउँ की ४१ वर्षीया एकल महिलालाई उनकै परिवारले यातना दिएको छ । एकल महिला अर्का एकल (विधुर) पुरुषसँग नजिकिएको आरोप लगाउँदै उनका देवरहरुले मरणासन्न हुने गरी यातना दिएका हुन् ।

महिलालाई दिइएको यातना यति कठोर थियो कि सुन्नेको समेत आङ जिरिङ्ग हुन्छ । उनलाई बाँधेर उनको सम्वेदनशील अंगमा अगुल्टो झोसिएको थियो । यातनाका कारण अहिले एउटा हात नचल्ने भएको बताइन्छ ।

यातना दिनेमा उनका देवरहरु आङदावा शेर्पा र दादिङ्गी शेर्पालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार अहिले पीडितलाई सुरक्षितसँग राखिएको छ ।

टिप्पणीहरू