अष्टलक्ष्मी मोडिनुभयो,अरु वीचैमा छोडिनुभयो

अष्टलक्ष्मी मोडिनुभयो,अरु वीचैमा छोडिनुभयो

बुधवार एमालेबाट बिद्रोह गरी माधवकुमार नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी दर्ता हुँदै थियो । दल दर्ताका लागि निर्वाचन आयोगमा माधव नेपाल पक्षका नेताहरुको लाइन लाग्दा लामो समयदेखि नेपाललाई साथ दिँदै आएका दोस्रो पुस्ताका नेता भने देखिएनन् । उदेकलाग्दो कुरा चैं, गत चैतमै नयाँ पार्टी गठन गर्न नेता नेपाललाई दबाब दिनेहरु नै निर्णायक घडीमा ब्याक भैदिए ।

एमालेभित्रको अन्तरसंघर्षमा अध्यक्ष ओलीको चर्को आलोचना गर्नेमध्येका भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली,भीम आचार्य,घनश्याम भुसाल लगायतका नेताहरु अहिले मझधारमा छन् । माधव नेपाललाई साथ नदिएका उनीहरुले ओलीतिर गएको घोषणा पनि गरिसकेका छैनन् । तर, एमालेमै फर्किनेबारे ओलीसँग सहमति भैसकेको कतिपयको दाबी छ । बताइएअनुसार त्यहि सहमतिअनुरुप नै अष्टलक्ष्मीलाई बाग्मतीको मुख्यमन्त्री बनाइएको हो ।

अध्यक्ष ओलीको चर्को आलोचना गर्नेमध्येकी शाक्य निर्णायक घडीमा माधव समूह छोडेर ओलीतिरै लागेपछि राजनीतिमा स्थायी शत्रु र मित्र नहुने कुरा चरितार्थ भएको छ । शाक्यको अप्रत्यासित युटर्नले नेपालको कम्युनिष्ट आन्दोलनलाई पार्ने प्रभावबारे छुट्टै बहस पनि होला । तर,शाक्यले बालकोटको निरन्तर भेट्घाटमा प्राप्त प्रशँशावारे चर्चा हुन् थालेको छ । शाक्यमाथि ‘माछा देखे दुलाभित्र हात,सर्प देखे दुला बाहिर हात’को चरित्र देखाएको आरोप लागेको छ । एक महिनाअघिसम्म कुनैपनि हालतमा ओलीसँग सम्झौता गर्न नहुने शाक्यको चट्टानी अडान थियो । संयोग पनि कस्तो भने- यता माधव नेपालहरुको एमालेबाट विद्रोहको तयारीले अन्तिम रुप लिँदै गर्दा शाक्य भने हेटौंडामा संसदीय दलको नेता चुनिंदै हुनुहुन्थ्यो ।

“माओवादीले ३ वटा प्रदेश र काँग्रेसले एक प्रदेशमा सरकारको नेतृत्व पाइसकेकाले बाग्मती र १ नम्बरमा एमाले समाजवादीलाई नेतृत्व दिने गरी छलफल हुनसक्ने उनको भनाइ छ ।”

सम्बध्द स्रोतले बताएअनुसार तीन हप्ता पहिले बालकोट पुगेर अध्यक्ष ओलीसंग झण्डै ३ घण्टा भलाकुसारी गरेपछि शाक्यले अघोषित क्याम्प फेर्नुभएको हो । उक्त भेटघाटबारे जानकार स्रोत भन्छ, ‘ओलीले यसवीच धेरैको कानमा चिनी हाल्नुभएको छ ।’ बताइएअनुसार बालकोट भेटमा ओलीले अष्टलक्ष्मीको खुलेर प्रसंशा गर्नुभएको थियो । बजेट पास गर्न दिएर बागमती सरकार जोगाउन भूमिका खेलेको भन्दै ओलीले शाक्यको खुलेर प्रशंसा गर्नुभएको स्रोत बताउँछ ।

पार्टीमा शाक्य सिनियर भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा डोरमणि पौडेललाई मुख्यमन्त्री बनाइएको थियो । त्यतिबेलाको प्रसंग स्मरण गर्दै जानकार स्रोत भन्छ, ‘डोरमणिको नामै थाहा नभए पनि शाक्यलाई रोक्न विद्या भण्डारीले निकै चासो दिनुभएको थियो । त्यतिबेला उहाँले फोन गरेर मेरो मान्छे भयो कि भएन भनेर सोध्नुभएको थियो । उहाँ (अष्टलक्ष्मी)लाई भण्डारी र ओली जसरी पनि रोक्न चाहन्थे,अहिले कसरी यस्तो परिस्थिति बन्यो अचम्म लागेको छ।’

“राजनीतिमा यस्ता कुरा लुकाएर पनि हुँदैन । जे हो खुला गर्नुपर्छ । एक थान मुख्यमन्त्रीका लागि यस्तो राजनीति गर्नु हुँदैन, र गरिएको होला भन्ने मलाई विश्वास लाग्दैन’,

त्यसो त, शाक्यले ‘म मुख्यमन्त्री बन्दिन’ भनेर ओलीसामु प्रष्ट कुरा राखेको पनि बताइन्छ । बताइएअनुसार अष्टलक्ष्मीले आफू मुख्यमन्त्री नबन्ने अडान लिएपछि अरुण नेपाललाई प्रस्ताव गरिएको थियो । तर,राजेन्द्र पाण्डेहरुले अरुणलाई स्वीकार नगरेको बहानामा अष्टलक्ष्मी आफैँ अघि सरेको दाबी गरिएको छ । यसमा ओलीले खेलेको बताउनेहरु पनि छन् ।

कतिपयले चैं माधव नेपालसँगको सल्लाहमै अष्टलक्ष्मी मुख्यमन्त्री बनेको पनि बताइएका छन् । तर, एमाले समाजवादीका एक नेताले भने अस्वीकार गरे । ‘उहाँ (शाक्य) ओलीतिर गैसक्नु भएको बुझिन्छ । राजनीतिमा यस्ता कुरा लुकाएर पनि हुँदैन । जे हो खुला गर्नुपर्छ । एक थान मुख्यमन्त्रीका लागि यस्तो राजनीति गर्नु हुँदैन, र गरिएको होला भन्ने मलाई विश्वास लाग्दैन’, एक नेताले भने ।

तीन हप्ता पहिले बालकोट पुगेर “अध्यक्ष ओलीसंग झण्डै ३ घण्टा भलाकुसारी गरेपछि शाक्यले अघोषित क्याम्प फेर्नुभएको हो । उक्त भेटघाटबारे जानकार स्रोत भन्छ, ‘ओलीले यसवीच धेरैको कानमा चिनी हाल्नुभएको छ ।’

बरु उनले बाग्मतीमा नयाँ गठवन्धन सरकार बन्नसक्ने संकेत गरे । हिजोमात्र दल दर्ता गरिएकाले २१ दिनभित्र प्रदेशका माननीयहरुले दल रोजी सक्ने र त्यसपछि प्रदेशसभाको वास्तविक तस्बिर आउने उनले बताए । त्यसैका आधारमा नयाँ सरकारबारे छलफल अगाडि सार्ने उनको भनाइ छ । ‘अष्टलक्ष्मी उता गए राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गर्ने गरी विपक्षी दलहरुसँग कुरा हुन्छ । एमालेका ५-७ सांसद हाम्रोतिर आए विपक्षी गठवन्धनलाई बहुमत पुग्छ, त्यस्तो अवस्थामा हामी सरकार बनाउँछौँ’, उनले भने ।

११० सदस्यीय बाग्मती प्रदेशमा एमालेका ५६ सांसद छन् । त्यसमध्ये कम्तिमा ५ जना एमाले समाजवादीमा आए विपक्षी गठवन्धनको सरकार बन्ने सम्भावना रहन्छ । कांग्रेस, माओवादी,एमाले समाजवादी र जसपाको केन्द्रीय गठवन्धनअनुसार नै बाग्मतीमा पनि सरकार बन्ने सम्भावना रहेको माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले बताए । माओवादीले ३ वटा प्रदेश र काँग्रेसले एक प्रदेशमा सरकारको नेतृत्व पाइसकेकाले बाग्मतीमा एमाले समाजवादीलाई नेतृत्व दिने गरी छलफल हुनसक्ने उनको भनाइ छ ।

ओली निकटहरुले आगामी महाधिवेशनमा पनि ओली नै अध्यक्ष बन्ने दाबी गरिसकेका छन् । केन्द्रीय समितिको ठूलो हिस्सा एमाले समाजवादीमा लागेपछि ओली निर्विकल्प बन्दै जानुभएको छ । त्यसैका लागि नवौँ महाधिवेशनले व्यवस्था गरेको ७० वर्षे उमेर हदसम्बन्धी विधानको व्यवस्था संशोधन गर्ने भित्री तयारी गरिएको बताइन्छ ।

टिप्पणीहरू