कलेजले पढाई अपूरो, शुल्क पूरा लिएको भन्दै विद्यार्थी आन्दोलित

कलेजले पढाई अपूरो, शुल्क पूरा लिएको भन्दै विद्यार्थी आन्दोलित

कोरोना महामारीको बेलामा पठनपाठन बन्द भए पनि कलेजले पूरै शुल्क लिएको भन्दै इन्जिनियरिङ कलेजका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

काठमाडौं उपत्यकामा रहेका विभिन्न आठ वटा निजी इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूले नयाँ बानेश्वरमा भेला भई उक्त कार्यको विरोध गरेका हुन् ।

उनीहरुले निजी इन्जिनियरिङ्ग कलेजहरुले पूरा फि तिर्न बाध्य पारेको र आफूहरुले अनलाईन अध्ययनको मात्र शुल्क तिर्ने बताएका छन् । उनीहरुले भनेका छन्, ‘अनाधिकृत तवरले विद्यार्थीलाई होटल होटलमा बोलाई कलेजले १० प्रतिशत छुट दिने भन्दै गरिएको निर्णय आफूहरुलाई मान्य छैन ।’

प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले शैक्षिक व्यापार बन्द गर, माफियातन्त्र अन्त्य गर, महामारीसँग लड्ने कि कलेज प्रशासनसँग ?, गरिब विद्यार्थीलाई चुस्न बन्द गर, अनलाइन पढाउने तर हामीलाई केही नबुझाउने, पूरै शुल्क तिराउने व्यापार बढाउने, लुट्न सके लुट् इन्जिनियरिङमा नै छ छुट, हामी पैसाको बिटो होइनौँ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू