स्रोत नखुलेको भारतीय रुपैयाँ बोकेर भारतबाट नेपाल छिर्न थाले

स्रोत नखुलेको भारतीय रुपैयाँ बोकेर भारतबाट नेपाल छिर्न थाले

भारतसँग सीमा जोडिएका तराईका जिल्लामा स्रोत नखुलेको भारतीय नोट बोके हिँड्नेको बिगबिगी बढेको छ । त्यहि क्रममा हिजो रौतहटमा झण्डै दुई लाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

ईशनाथ नगरपालिका १ बन्जारा टोल नजिकैको बकैया बाँध नजिकबाट उनीहरु पक्राउ परेका हुन् । भारतबाट नेपाल आउँदै गरेको बा३९ प १६९१ नम्बरको मोटरसाइकल चढेका उनीहरुबाट उक्त रकम प्रहरीले फेला पारेको हो ।

पक्राउ पर्नेमा गौर नगरपालिका ४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी र अर्का एक जना भएको बताइको छ । उनीहरुको साथबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँ फेला परेको हो ।

टिप्पणीहरू