समाजवादी केन्द्रको गठन प्रक्रिया शुरु भएको हो ?

समाजवादी केन्द्रको गठन प्रक्रिया शुरु भएको हो ?

राजनीतिक ध्रुवीकरणले तीब्रता पाइरहेका बेला केही समययता चर्चामा रहेको समाजवादी केन्द्र निर्माणको बहस सतहमा प्रकट हुन थालेको छ ।

नेकपा एमालेमा माधव नेपाल पक्षले आन्तरिक संघर्ष चर्काइरहेका बेला चर्चामा आएको समाजवादी केन्द्र गठनको बहस नेपालले हिजो नयाँ दल दर्ता गरेसँगै सतहमा देखिन थालेको हो ।

एमालेबाट बिद्रोह गरी नेता नेपालले औपचारिक रुपमा नयाँ दल दर्ता गरेको भोलिपल्टै आज ‘समाजवादी केन्द्र  नेपाल ’कोआयोजनामा अन्तरक्रिया हुँदैछ । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नवगठित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै हुनुहुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रमलाई तीन नेताले एकैसाथ सम्बोधन गर्न लाग्नुभएको हो । यसअघि एमालेको माधव नेपाल पक्ष, माओवादी केन्द्र र जसपासहितको समाजवादी केन्द्र गठनको तयारी भैरहेको चर्चा थियो ।

आगामी निर्वाचनसम्ममा समाजवादी केन्द्रले आकार ग्रहण गरिसक्ने दाबी गरिएको छ ।

टिप्पणीहरू