श्रीमानहरुका सर्टिफिकेट कता सुइँकिए

प्रहरीको कार्यसम्पादन मूल्यांकन यता–उता परेजस्तै भएको छ, सर्वोच्चका न्यायाधीशहरुको शैक्षिक प्रमाणपत्र । दुई वर्षअघिको विनाशकारी भूकम्पपछि सर्वोच्च हाताबाट कुपण्डोलस्थित बार काउन्सिल भवनमा सरेको न्यायपरिषद् सचिवालयमा अहिले गोपाल पराजुलीसहित दीपक जोशी, आनन्दमोहन भट्टराई र देवेन्द्रगोपाल श्रेष्ठका शैक्षिक अभिलेख भेटिएका छैनन् ।

यसमध्ये ‘वेटिङ प्रधानन्यायाधीश’ को रुपमा चिनिएका गोपाल पराजुली प्रमाणपत्र नभेटिँदा सबभन्दा बढी अत्यासमा छन् । अस्ति एक दैनिक अखबारले २०२६ सालको प्रवेशिका परीक्षामा अनुत्तीर्णका रुपमा प्रस्तुत गरेपछि उनले हिजो २०३१ सालमा नेपाल ल क्याम्पसमा आइएल भर्ना हुँदा पेश गरेको प्रवेशिका परीक्षाको उत्तीर्ण प्रमाणपत्र पेश गरेका छन् । उनले २०२९ सालमा नेपाल राष्ट्रिय विद्यापीठ, वीरगञ्जबाट ११७ क्रमसंख्यामा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका रहेछन् ।

अभिलेखका आधारमा ०२६ सालमा चितवन, शारदानगरस्थित श्री शारदा बहुउद्देश्यीय विद्यालयबाट सिम्बोल नम्बर १०८६८ ‘जेड’ मा प्रवेशिका परीक्षा दिँदा अनुत्तीर्ण भएपछि वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठमा कक्षा ८ मा भर्ना भई पुनः जिल्लास्तरीयदेखिकै परीक्षा दिँदै ०२९ सालमा प्रवेशिका उत्तीर्ण गरेको कागजातमा देखिन्छ । 

टिप्पणीहरू