राजधानीमै समातिएका जुवाडेलाई २५ दिनको म्याद थप

राजधानीमै समातिएका जुवाडेलाई २५ दिनको म्याद थप

प्रहरीले काठमाडौंमा जुवाको खालबाट पक्रेका नौ जना जुवाडेलाई २५ दिनसम्म हिरासतमा राख्न अदालतबाट म्याद लिएको छ । तारकेश्वर नगरपालिकाको लामबगरस्थित ३० वर्षीया मुना बुढाथोकीको घरमा खेलिएको जुवाको खालबाट उनीहरु अस्ति राती पक्राउ परेका हुन् ।

रातको समयमा मस्तसँग जुवा खेलिरहेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले खालबाट नगद २ लाख ७० हजारभन्दा बढी रुपैयाँ र ६ बुक तास बरामद गरेको हो ।महानगरीय प्रहरी वृत्त बालाजुका असई भरत केसीका अनुसार जिल्ला अदालत काठमाडौंबाट हिजो म्याद थप गरिएपछि जुवाडेहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू