अध्यादेशबिरुध्द सर्वोच्चमा रिट दर्ताको बाढी

अध्यादेशबिरुध्द सर्वोच्चमा रिट दर्ताको बाढी

सरकारले हिजो जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुध्द सर्वोच्च अदालतमा एकपछि अर्काे रिट दायर हुने क्रम जारी छ । सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार सो अध्यादेशविरुध्द अहिले मध्यान्ह १२ बजेसम्ममा ५ वटा रिट निवेदन परेका छन्,ती दर्ता प्रक्रियामा छन् ।

यसरी रिट दायर गर्नेहरुमा अधिवक्ता श्रीकान्त बराल,अनुप अर्याल,शकुन्तला भुसाल,प्रवेश केसीलगायत छन् । दायर गरिएको रिटमा चालु संसद अधिवेशन हठात अन्त्य गरी भोलिपल्टै अध्यादेश ल्याइएको कारण सो अध्यादेश रोक्न माग गरिएको छ ।

यसरी ल्याइएको अध्यादेश सर्वोच्च अदालतको फैसला विपरित हुनेसमेत रिट निवेदकहरुको दावा छ । सर्वाेच्चले यस्तै प्रकृतिका अरु पनि रिट आउन सक्ने र एउटै इजलासमा पेश गर्नु पर्ने भएकाले अपरान्ह ४ बजेपछि मात्रै दर्ता हुने,त्यसअघि रिट लिने प्रक्रिया खुल्ला राख्ने दाहालले जनआस्थालाई बताए ।

टिप्पणीहरू