प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय मातहत ब्यापक हेरफेर

प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय मातहत ब्यापक हेरफेर

अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय मातहतका राजश्व प्रशासनमा हेरफेर गरेका छन् । जसमध्ये आन्तरिक राजस्व विभाग र भन्सार विभागका हाकिमहरु छोटै समयमा हेरफेर भएका हुन् ।

आन्तरिक राजस्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई पठाइएको छ । पौडेल सन्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सात दिनअघि मात्र अर्थमन्त्रालयमा लगिएका थिए ।

यस्तै मन्त्री शर्माले भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई पठाएका छन् । यस्तै प्रधानमन्त्री कार्यालय मातहत राजस्व अनुसन्धान विभागको महानिर्देशक पनि फेर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

त्यहाँ केही समय अख्तियार बसेर अहिले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा कार्यरत प्रकाश पौडेललाई पठाउने तयारी हुँदैछ ।

स्रोतका अनुसार सम्पत्ति शुध्दिकरणका हाकिमसमेत फेर्ने प्रयास भइरहेको छ । त्यहाँ प्रेम भट्टराईलाई लैजाने तय भएको छ । भट्टराई हाल भक्तपुरमा प्रमुख जिल्ला अधिकारी छन् ।

उता अर्थका दर्जन बढी सहसचिवको जिम्मेवारी हेरफेरको तयारी चल्दैछ । सरुवा हुन लागेका सहसचिवमा एमाले पृष्ठभूमिका भुपाल बराल,केदारनाथ शर्मा,रमेश केसी,बाबुराम भण्डारी,झक्क आचार्य, सुमन दाहाल,धनीराम शर्माको नाम चर्चामा छ ।

टिप्पणीहरू