प्रचण्ड र माधव बालुवाटारमा, एमाले समाजवादी कहिले जान्छ सरकारमा ?

प्रचण्ड र माधव बालुवाटारमा, एमाले समाजवादी कहिले जान्छ सरकारमा ?

नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ । एमालेबाट बिद्रोह गरी हिजोमात्र नयाँ पार्टी गठन गर्नुभएका नेपालसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे १० बजे बालुवाटार पुग्नुभएको हो ।

विकसित पछिल्लो राजनीतिक परिस्थिति,मन्त्रिपरिषद विस्तार र सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल गर्न नेताद्वय प्रचण्ड र नेपाल बालुवाटार पुग्नुभएको बुझिएको छ । सरकारमा नेपाल पक्षको सहभागितालाई लिएर छलफल केन्द्रित रहेको स्रोतले बताएको छ ।

माधव नेपालले एमाले (समाजवादी) गठन गरेपछि पहिलो पटक भएको छलफलमा देउवा र प्रचण्डले अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको बताइन्छ । जनाइएअनुसार नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि सरकारमा सहभागी हुने बताउनुभएको छ । त्यसअघि सो पक्षलाई केही मन्त्रालय छोडेर मन्त्रिपरिषद विस्तार गर्न तीनै नेता सहमत भएका छन् ।

प्रधानमन्त्री देउवा र प्रचण्डले यसअघि पनि सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई आग्रह गर्दै आउनुभएको थियो । नेपाल पक्ष एमाले पार्टीकै सांसदको हैसियतमा सरकारमा सहभागी हुन कानुनी जटिलता थियो । जसका कारण सरकार गठनको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

टिप्पणीहरू