मध्यरातको पहिरोले रसुवामा घरसङ्गै परिवारै पुरिए

मध्यरातको पहिरोले रसुवामा घरसङ्गै परिवारै पुरिए

पहिरोले घर पुरिँदा दक्षिणी रसुवाको कोलडाँडामा एकै परिवारका चारजना पुरिएका छन् ।

दुई शव भेटिएको छ । दुई जना बालिका बेपत्ता छन् । नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती कमला र ८ वर्षकी छोरी सुकमाया घलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी देवेन्द्र पाण्डेले बताए ।

११ वर्षीया सोकिता घलान, ७ वर्षीया आषिश घलान बेपत्ता छन् । श्यामबहादुर पनि घाइते छन् । उनलाई उपचारको लागि काठमाण्डौ लगिएको छ ।

घटना गएराती करिब साढे ३ बजेको हो । राती ठूलो आवाज आएपछि छिमेकी हेर्न जाँदा पहिरोले घर पुरिएको देखिएको,त्यहीँ नजिकै श्यामबहादुर घाइते अवस्थामा फेला परेका स्थानीयले बताएका छन् ।

विकटमा पर्ने बस्तीमा मध्य रात घटना भएपनि बिहान ८ बजेपछि मात्रै प्रहरी पुगेको स्थानीयले स्थानीयले जानकारी दिएका छन् । घटनास्थल कालिकास्थानबाट १३ किलोमिटर माथि ठूलोभोर्ले र धुसेनी गाउँको वीचमा पर्दछ ।

टिप्पणीहरू