पशुझैँ अझै पनि सडक छेउमा बेचिँदैछन् महिलाहरु

पशुझैँ अझै पनि सडक छेउमा बेचिँदैछन् महिलाहरु

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ जसमा महिलाहरुलाई बाटोमा मूल्य बढाबढमा बेचिएको छ । भिडियोमा देखिएका पुरुषको भाषा र महिला तथा पुरुषले लगाएको भेषले त्यो कुनै मुस्लिम देशको सडक रहेको स्पष्ट हुन्छ ।

केही पुरुषले बुर्काले छोपिएका किशोरीहरुको मूल्य बढाबढ गरेको देखिन्छ । सडक छेउको सार्वजनिक स्थानमा मूल्य बढाबढ गर्दै भाउ मिलेपछि किशोरीहरुलाई पशु बेचेझैँ किन्ने पुरुषको जिम्मा लगाएको भिडियोमा सजिलै देख्न सकिन्छ ।

बुर्काभित्र १५ वर्षदेखि १८ वर्षसम्मका किशोरी रहेका छन् । दलालले उनीहरुको मूल्य तोकिरहँदा १८ वर्ष उमेरकी किशोरीलाई एक जना पुरुषले ५० डलरमा किनेर लगेको देखिन्छ । त्यसैगरी अर्का पुरुषले तिनीभन्दा सानो उमेरकी किशोरीलाई तीन सय डलरमा किनेर सँगै लगेको कारुणिक दृश्य भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा हेर्दा किशोरीहरु हाँसीखुशीले त्यहाँ बिक्रीमा बसेको लाग्दैन । उनीहरुलाई पशु तथा चौपायालाई झैँ घाँटीमा डोरी बाँधेर भुईंमा राखिएको छ । त्यसपछि उनीहरुलाई धेरै मूल्यमा स्वीकारेका पुरुषलाई जबर्जस्ती तानेर जिम्मा लगाइएको दृश्यले सबैको मन छियाछिया बनाउँछ ।

https://youtu.be/78XcY95iq-o

 

टिप्पणीहरू