एकथरी मात्रै हो र पीर पनि ! « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

एकथरी मात्रै हो र पीर पनि !

प्रकाशित मिति :  १६ बैशाख २०७४, शनिबार ११:१०


अहिले देउवामाथि एउटा मात्र होइन अनेकथरी पीडाको पहाड छ । उम्मेदवारी छनोटको लफडा त छँदै छ, आपसी भागबण्डाको चक्करले झन् ठूलो रिँगटा छुटाएको अवस्था छ । एकातिर रामचन्द्रले ४० प्रतिशत मागेका छन् । अर्कातिर कोइरालाहरुको उस्तै दबाब छ ।

खुमबहादुरको असन्तुष्टि व्यवस्थापन, मधेसी नेताको अपेक्षा आ–आफ्नै ठाउँमा । नेतापिच्छेको आकांक्षा र त्यहीअनुरूप उम्मेदवारी दिएर माग संबोधन गर्नुपर्ने बाध्यताकै कारण पोखरा महानगरपालिकाको मेयरमा रामचन्द्र पौडेलको मान्छेलाई, विराटनगरको उम्मेदवार कोइराला परिवारलाई रोज्ने जिम्मा दिइएको छ । नवलपरासीमा महामन्त्री शशांक कोइरालाको रुचिका मान्छेले टिकट पाउँदै छन् ।

ललितपुरमा उठ्ने उम्मेदवारको टिकट प्रमाणीकरण गर्ने जिम्मा खुमबहादुरलाई छ । त्यसैगरी, धादिङमा रामशरण महत, चितवनमा प्रकाशरण महत र काभ्रेमा मोहन बस्नेतलाई जिम्मा लगाइएको छ । देउवाले आइतबार बूढानीलकण्ठस्थित निवासमा खुमबहादुर खड्कासँग समेत यस विषयमा परामर्श गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !