स्मार्टडोको– ‘स्मार्टडोको मनसुन अफर’

स्मार्टडोको– ‘स्मार्टडोको मनसुन अफर’

यो मनसुनमा, नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ । हालै आइएमएस ग्रुपलेस्मार्टडोकोको प्राप्तिपछि स्मार्टडोको नेपालमा नम्बर वान इकमर्श एप बन्न सफल भएको
छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौकापाउनेछन्, यसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ । कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि१५ प्रतिशत क्यास ब्याकको (रु ५०० सम्म) अफर समेत ल्याएको छ । स्मार्टडोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छु्ट अफर ल्याएको छ । स्मार्टडोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफर समेत ल्याएको छ ।

ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथ बाहिर र काठमाडौं उपत्यका बाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् ।

यो अफर २०७८ असार २२ गते देखि २०७८ असार २६ गते सम्म मान्य हुनेछ ।

टिप्पणीहरू