माइतीघरमा थरुहटको पलेटी

माइतीघरमा थरुहटको पलेटी

थरुहट थारुवान विद्रोहको ६ वर्ष पूरा भएको स्मरण गराउँदै माइतीघरमा आज पनि धर्ना थालिएको छ । हिजोदेखि भएको धर्ना आज दोस्रो दिनमा प्रवेश गरेको हो ।

थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिको आयोजनामा समानता, न्याय, अधिकारका लागि एवम् दासताविरुद्ध तेस्रो चरणको अभियानअन्तर्गत टिकापुर विद्रोहका आरोपीहरुको सम्मानजनक रिहाइको माग गर्दै धर्नामा बसिएको जनाइएको छ ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका कार्यवाहक अध्यक्ष श्रवण थारु, केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरी, महासचिव तुलसी थारु,नागरिक अगुवा नारायण वाग्लेलगायतको उपस्थितिमा बाजागाजासहित धर्ना कार्यक्रम जारी छ ।

उनीहरुले देवीराम शर्माको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर, झुठा मुद्दा खारेज गर, टिकापुर विद्रोहका राजवन्दीहरुलाई रिहाइ गर,खुशी समृद्धि नेपालको आधार सबै नेपालीको अधिकार सुनिश्चित गर लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका छन् ।

टिप्पणीहरू