अन्ततः फेरि आयो एमाले र जसपा फुटाउने अध्यादेश

धेरैतिरको गुनासोका बाबजुद राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीका प्रमुख निजी सचिव भेषराज अधिकारीले जनआस्थालाई दिनुभएको जानकारीअनुसार राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश अब राजपत्रमा प्रकाशन हुनेछ ।

शीतल निवासबाट जारी विज्ञप्तीमा भनिएको छ,नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालको राजनीतिक दलसम्बन्धी अध्यादेश (दोश्रो संशोधन) ०७८ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ ।सो अध्यादेशअनुसार अब कुनै पनि राजनीतिक दल फुटाउनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्नेछ । यसअघि केन्द्रीय समिति र संसद दुबैतिर ४० प्रतिशत पुर्याउन सकेको खण्डमा मात्र दल विभाजन गर्न सकिने व्यवस्था थियो ।

सोमबार हठात प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरी मंगलबारको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

टिप्पणीहरू