सैनिक अस्पतालमा तीर्थमायाको देहावसान « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

सैनिक अस्पतालमा तीर्थमायाको देहावसान

प्रकाशित मिति :  २ भाद्र २०७८, बुधबार १६:३०


कोरोना महामारीका बिरामी दिन प्रतिदिन बढ्दै जान थालेपछि काठमाडौंका अस्पतालमा बिरामीको चाप पुनः बढ्न थालेको छ । केही समयअघि पूर्णरुपमा कोरोनाका बिरामीमुक्त भएका काठमाडौंका केही अस्पताल र आइसोलेसन सेन्टरहरु भरिन थालेका हुन् ।

जनआस्थालाई प्राप्त पछिल्लो विवरणअनुसार काठमाडौंका कीर्तिपुर मोडर्न अस्पताल, राजधानी अस्पताल,यति अस्पताल,ज्योती अस्पताल,बुद्ध माई अस्पताल,ज्येष्ठ नागरिकको भवन कीर्तिपुरमा रहेको आइसोलेसन सेन्टर,कीर्तिपुर नयाँ बजारस्थित कभर्डहलमा रहेको आइसोलेशन र नागार्जुन नगरपालिकाको इचङ्गुमा रहेको शहरी विकासको माथिल्लो भवनमा रहेको आइसोलेसन गरी सात वटा अस्पताल तथा आइसोलेसन सेन्टरमा अझै पनि कोरोना बिरामी भर्ना भएका छैनन् ।

तर पछिल्लो विवरणअनुसार आयुर्वेदिक अस्पतालमा १ सय जना भर्ना भएका छन् । त्यसैगरी बयोधा अस्पतालमा २ जना र नेशनल अस्पतालमा १० जना संक्रमित रहेको बताइएको छ ।

उता,सहिद मेमोरियल अस्पतालमा २ जना, मनमोहन मेमोरियल अस्पतालमा १६ जना,ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा १ जना, शुक्रराज ट्रपिकल अस्पतालमा ७४ जना,वीरेन्द्र सैनिक अस्पतालमा ८६ जना,दक्षिणकाली नगरपालिकास्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा २ जना रहेका छन् ।

संक्रमित रहेका अस्पतालहरुमा चाल्नाखेल स्वस्थ्यचौकीमा ९ जना तथा स्वयम्भूस्थित आनन्द कुटीमा रहेको आइसोलेसन सेन्टरमा १० जना संक्रमित भर्ना भएको बताइएको छ ।

आज वीरेन्द्र सैनिक अस्पतालमा ओखलढुंगाकी ६२ वर्षीया तीर्थ माया राईको संक्रमणको कारण मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !